भारतविना बेइजिङको बीआरआई बहस



चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी
चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी
सिन्ह्वा

बेइजिङमा बीआरआई सम्मेलनका लागि बाटोघाटोमा सुन्दर फूलहरू मुस्कुराइरहेका छन्। यस्तो मधुमासयुक्त वातावरणमा चीनका राष्ट्रपति सीले २६ तारिख उद्घाटन भाषण दिनेछन्। तर त्यो भाषण सुन्ने समारोहमा चीनको एउटा हार्दिक मित्र एवं नजीकको छिमेकी भारत नै त्यहाँ हुनेछैन।

ठीक एक वर्षअघि अर्थात् सन् २०१८ को अप्रिल अन्तिम साता चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको वुहानमा शान्तभावमा गफिइरहेका थिए। घण्टौंसम्म चलेको सो वार्तामा दुवै नेताले गहिरो रूपमा चीन–भारत सम्बन्धका साझा अभिरूची र चासोका विषयबारे सौहार्द्रपूर्ण कुराकानी गरे। त्यही संवादको गहन असर परेकाले हुनुपर्छ, दुवै मुलुकबीच उत्पन्न तनावहरू पनि बिस्तारै बिस्तारै किनारा पनि लाग्दै गए।

ठीक एक वर्षपछि अप्रिलको अन्तिम सातातिर नै बेइजिङमा बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च हुँदैछ। ठ्याक्कै एक वर्षमा उही गहन वार्ताको असर बिस्तारै बिस्तारै हराउँदै गएको छ र भारत नै यो मञ्चमा गयल हुँदैछ।

विश्व ध्यानाकर्षणका साथ हुन लागेको यही शिखर मञ्चमा यसअघि सहभागी नभएका कतिपय मुलुकहरू पहिलो पटक सहभागी हुँदैछन्। सन् २०१७ को मेमा भएको प्रथम शिखर सम्मेलनमा २९ विदेशी सरकार प्रमुख र राज्यप्रमुख सहभागी भएकोमा यसपालि त्यो संख्या पनि बढेको छ। यही अप्रिल २५–२७ मा हुने मञ्चमा कूल १५० देशबाट ५ हजार पाहुनाहरू र ९० वटा विदेशी संगठनहरू सहभागी भैरहेका छन्। तर त्यत्रो भीडमा विशाल जनसंख्या, भूगोल र विकासोन्मुख अर्थशक्ति भारत नै सहभागी छैन।

कूल ३७ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरू र दुई अन्तर्राष्ट्रिय संगठनका नेताहरूले राउण्ड टेबल शिखर मञ्चमा भाग लिनेछन्। अझ त्यो भन्दा पनि धेरै टाढाका युरोपेली यूनियनका सदस्य मुलुकहरू इटाली, स्वीटजरल्याण्ड, ग्रीस, हंगेरी र पोर्चुगलको सहभागिताले विश्वको ध्यानाकर्षण गरेको छ। बीआरआईमा संलग्न नभएपनि फ्रान्स, जर्मनी, बेलायत, स्पेन, जापान, दक्षिण कोरिया र युरोपियन युनियनका उच्चस्तरीय प्रतिनिधिहरू शिखर मञ्चमा सहभागी हुनेछन्।

बेइजिङमा सम्मेलनका लागि बाटोघाटोमा सुन्दर फूलहरू मुस्कुराइरहेका छन्। यस्तो मधुमासयुक्त वातावरणमा २५ तारिखका दिन १२ वटा थिमटिक उपमञ्च अर्थात् सब–फोरम र एउटा व्यापारिक कन्फेरेन्स आयोजना हुँदैछ। २६ तारिख उद्घाटन समारोह तथा उच्चस्तरीय बैठक हुनेछ र २७ तारिख चीनका राष्ट्रपति सीले नेताहरूसँग राउण्ड टेबलको अध्यक्षता गर्नेछन्। उद्घाटन समारोहमा राष्ट्रपति सी चिनफिङले मुख्य भाषण दिनेछन्। तर त्यो भाषण सुन्ने समारोहमा चीनको एउटा हार्दिक मित्र एवं नजीकको छिमेकी भारत नै त्यहाँ हुनेछैन।

युरोपियन सर्कलमा चीन–अमेरिका व्यापार युद्ध यता बीआरआईमा अमेरिकाको सहभागिता र उसको प्रवृत्तिलाई लिएर धेरै चासो व्यक्त गरिएको छ। मिडिया रिपोर्ट अनुसार यसअघि नै अमेरिकाले आफ्ना कुनै उच्च सरकारी अधिकारी नपठाउने बताइसकेको थियो। २ वर्षअघिको सम्मेलनमा अमेरिकाले एसिया मामिला हेर्ने म्याट पोटिङ्गरलाई प्रतिनिधित्वका लागि पठाएको थियो। यसपाली बेइजिङमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भने, ‘अमेरिकी कूटनीतिज्ञ, प्रान्तीयस्तरका नेता र व्यापारीहरूले भाग लिने निश्चित भएको छ।’

१९ तारिख देशी विदेशी पत्रकारका जिज्ञासा शान्त पार्दै वाङले ‘बीआरआई खुल्ला पहल भएकाले कुनै पनि इच्छुक देशलाई सहभागिताका लागि ढोका खुल्लै रहने’ भनेर वाक्य टुंग्याए।

थाहा भएअनुसार पहिलो फोरममा अमेरिकाले आफ्नो दूतावासमार्फत् उत्तर कोरियालाई गरिएको निमन्त्रणाप्रति ‘डिप्लोम्याटिक् नोट’द्वारा आपत्ति जनाएको थियो र भनेको थियो कि यसले अरू सहभागी मुलुकहरूमा पनि असर पर्नसक्छ।

मन्त्री वाङ यीले प्रस्ट शब्दमा भने, ‘यस वर्षको सम्मेलनमा पनि उत्तर कोरियाले भाग लिन्छ। १५० देशले भाग लिइरहेको यो सम्मेलनमा उत्तर कोरियाले पनि भाग लिनु सामान्य कुरा हो। बीआरआई नित्तान्त आर्थिक सहकार्यको पहल हो। कुनै पनि मुलुकलाई सम्मेलनमा भाग लिने स्वतन्त्रता छ तर कसैको सहभागिता रोक्ने अधिकार चाहिं कसैसँग छैन।’

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले यसो भनिरहँदा भारत बेइजिङसम्म आउनबाट रोकिनुको कारण पाकिस्तान बनिरहेको जस्तो देखिन्छ। पहिलो सम्मेलनका क्रममा पनि भारतीय उच्चअधिकारीले भनेका थिए, ‘चीनले यदि मञ्चमा भाग लिन बोलाउँछ भने काश्मिरको विवादबारे प्रश्न गर्नू।’ संभवतः सोही प्रश्नको खोजीमा यसपालि पनि भारतले सम्मेलनमा सहभागिता जनाउन चाहेन।

दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपालि राष्ट्रपति सहितको टोलीलाई बेइजिङ पठाउँदा भारत चुपचाप छ। त्यसो त भारत पनि नेपालको बीआरआई संलग्नताबाट खुशी नभएको छिमेकी हो। दुई वर्षको अन्तरालमा नेपालले भारतलाई झट्का दिनेगरी कुनै ठोस् परियोजना ल्याएको छैन। नेपालले ठूलो उपलब्धी हासिल गर्ने कुनै परियोजना कार्यान्वयनमा रहेको भए भारतले नेपाललाई पनि पाकिस्तानजस्तै दोषारोपण गरेर मञ्चमा भाग नलिने बताउँथ्यो होला।

भारतीय अधिकारीहरूले यस अघि पनि संकेत दिइसकेका थिए कि चाइना–पाकिस्तान आर्थिक करोडोर नामक परियोजनाका कारण भारतले भाग लिँदैन। तर बीआरआई मञ्चप्रति भारतको प्रवृत्तिले गत वर्ष भएको वुहान वार्ता निःसृत आपसी सकारात्मक सम्बन्धमा असर पार्नसक्छ। तथापि वाङ यीले भने, ‘साइनो–इण्डियन सम्बन्धप्रति अझै विश्वस्त छौं। दुवै पक्षले वुहानजस्तै अर्को नेतास्तरीय बैठकका लागि तयारी गरिरहेका छन्। दुवै मुलुक एउटा साझा सहमतिमा पुगेका छन् कि उनीहरू आपसी मतभेद एउटा स्थानमा राख्नेछन्, न कि त्यसलाई विवादको सतहमा उतार्नेछन्।’

प्रकाशित १० बैशाख २०७६, मंगलबार | 2019-04-23 16:11:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...