विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा



‘बदलिँदो परिस्थितिमा वार्षिक १० करोडसम्म सूत्र परिचालनमा खर्च हुनसक्छ, जुन राज्यले अपराधको बढदो पारो नियन्त्रणमा खर्चन जरुरी छ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०७३ मा केही महत्वपूर्ण राजनीतिक निर्णय गर्यो। त्यसको मोटामोटी जानकारी प्रहरीले पायो। विप्लव समूहले सैन्य विभाग गठन सहित छापामार दस्ता निर्माण र तालिमका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको जानकारी पाएपनि प्रहरीले त्यसपछि त्यो समूहका गतिविधि पच्छयाउन सकेन। प्रहरी आफै अलमलमा पर्यो।

विप्लव समूहका छापामार कारबाहीबारे पूर्व सूचना शुन्य रहेको प्रहरीले नख्खु बम बिस्फोट र रोहण गुरुङको घरमा बम बिस्फोटका घटना रोक्न सकेन। यस्तै एकैदिन एनसेलका दर्जनौं टावरमा भएका आक्रमण रोक्न समेत प्रहरी असफल भयो।

काठमाडौं उपत्यका केन्द्रीत गुण्डा नाईकेका पछिल्ला गतिविधि सुक्ष्म निगरानीमा राखेपनि प्रहरीले ६ महिनामा तयार निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या सहितका घटनाको पूर्व सूचना पाउन सकेन। गुण्डा समूहले उनी सहित दुर्गा तिवारी र बलु पौडेलको हत्या गर्यो।

प्रहरीले ललितपुर जावलाखेलको स्ट्याण्डर्ड चार्टड बैंक लुटपाटदेखि वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरणसम्मका घटनाको सफल अनुसन्धान त गर्यो तर घटना रोक्न सक्ने पूर्व सूचना पाउन सकेन। यसरी पूर्व सूचनाकै अभावमा ठूला अपहरण, फिरौती र अवैध असुलीले गुण्डा समुह बलियो बन्दै गए भने प्रहरी कमजोर बन्यो। 

प्रहरीले घटना पूर्व सूचना किन पाएन?
‘महत्वपूर्ण सूचनाका लागि प्रहरीले आधिकारिक र संगठित रुपमा खर्चगर्ने अवस्था छैन’, एकजना वरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘राजनीतिक वा गुण्डा समूहको सूचना पाउन उनीहरुकै सदस्यलाई सूराकीका रुपमा परिचालन गर्न खर्च चाहिन्छ।’

ती अधिकारीका अनुसार अहिलेसम्म महत्वपूर्ण घटनामा प्रहरी अधिकारीहरुले अन्य बजेटबाट खर्च कटौती गरेर वा शीर्षक मिलाएर खर्च गरिरहेका छन्। यसरी काम गर्दा प्रहरी अधिकारी प्रचलित भ्रष्टाचार निवारण ऐन बिरुद्ध संलग्न भएकोजस्तो देखिन्छ।

‘प्रहरी महानिरीक्षकले विविध शीर्षकमा सुराकी भत्ता पाउँछन्’, ती अधिकारीले थपे, ‘तर त्यो रकम यति कम हुन्छ, एउटै अपराध अनुसन्धानका लागि सूराकी खर्चमै सकिन्छ।’

सादा पोशाकमा खटाइने प्रहरीले केही हदसम्म महत्वपूर्ण सूचना संकलन गर्छन। तर त्यो घटनापछिको अनुसन्धानमा मात्रै केन्द्रित रहन्छ। प्रहरी संगठनभित्र सादा पोशाकमा प्रहरी परिचालन आफैमा बदनाम र निकै सम्वेदनशील मानिन्छ।

‘कुनै प्रहरी अधिकारीलाई यतिबेला सुराकी बनाएर गुण्डा समूह वा बिध्वंशात्मक गतिविधिमा संलग्न समूहमा पठाउने कल्पना गर्न सकिँदैन’, ती अधिकारीले भने, ‘यसका लागि त्यही समूहभित्रका सदस्यलाई नै रकम दिएर सूचना संकलन गर्न सरकारी बजेट आवश्यक हुन्छ।’

यस्तो सम्भव छ?
प्रहरीले अपराध र अपराधी सम्बन्धी अति महत्वपूर्ण सूचना नगदमै खरिद गर्ने प्रावधान सहितको निर्देशिका बनाएसँगै यो सम्भव भएको छ। प्रहरीले जिल्ला तहका इकाईसम्मलाई आवश्यक अति महत्वपूर्ण सूचना खरिदका लागि कार्यविधि बनाएर बजेट सहितको नयाँ व्यवस्था लागू गर्ने भएको छ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पेश गरेको ‘सूत्र परिचालन निर्देशिका २०७५’ मा गोप्य सूचना सूत्र मार्फत खरिदका मापदण्ड सहितको व्यवस्था उल्लेख छ। प्रहरीले पेश गरेको निर्देशिकामा अति महत्वपूर्ण सूचना दिने ब्यक्तिहरुको छनौट र भुक्तानीको अधिकार समेत उल्लेख छ।

‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ’, प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले नेपालखबरसँग भने, ‘निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र आवश्यकता अनुसार भुक्तान गरेर सूत्र परिचालन गर्ने हो।’

उनका अनुसार गृहमा पेश भएको निर्देशिकामा जिल्ला तहसम्मलाई निश्चित बजेट सूत्र परिचालन शीर्षकमै खर्च गर्ने अधिकार दिइएको छ।

सादा पोशाकका प्रहरी परिचालन निर्देशिका २०७० अनुसार प्रहरी अधिकारीलाई नै निश्चित सूचनाका लागि परिचालनको कार्याधिकार रहेको छ। यो सँगै अब प्रहरीले विभिन्न क्षेत्रमा अपराध नियन्त्रण तथा बिध्वंशात्मक गतिविधि रोकथामका लागि सूत्र परिचालन गर्नेछ। 

१० करोडको सूत्र परिचालन
प्रहरीले गृहमा पेश गरेको निर्देशिका अनुसार विशिष्ठ प्रकृतिका घटना अनुसन्धान गर्ने अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो र महानगरीय अपराध महाशाखा सहित ७७ वटै जिल्लामा रहेका जिल्ला प्रहरी कार्यालयलाई सूत्र परिचालन खर्चका लागि बजेट व्यवस्था हुनेछ।

गृहमा पेश भएको निर्देशिकामा चरणवद्व छलफल भइसकेको छ।

‘हामीले यति नै रकम उल्लेख गरेका छैनौं’, प्रहरी प्रधान कार्यालयका अर्का वरिष्ठ अधिकारी भन्छन्, ‘बदलिँदो परिस्थितिमा वार्षिक १० करोडसम्म सूत्र परिचालनमा खर्च हुनसक्छ, जुन राज्यले अपराधको बढदो पारो नियन्त्रणमा खर्चन जरुरी छ।’

प्रहरीले निर्देशिका पारित भएसँगै विदेशी आप्रवासीका गतिविधिसम्मको निगरानी र उनीहरुका गतिविधिको पूर्व सूचनाका लागि समेत उनीहरुसँगै निकट रहेका ब्यक्तिलाई सूत्रका रुपमा परिचालन गर्न सक्नेछ।

यस्तै अन्तर्राष्ट्रिय आतंकवाद, धार्मिक कट्टरपन्थी र बिध्वाँशात्मक गतिविधिमा संलग्न समूहहरुका विषयमा समेत पूर्व सूचना पाउने विश्वास प्रहरी प्रधान कार्यालयको छ।

प्रहरीले प्रविधिको प्रयोग गरि हुने ठूला आपराधिक घटना र विप्लव समूह जस्ता साना ठूला समूहको गतिविधि नियन्त्रणका लागि निर्देशिका तयार गरेको हो। नेपालमा बढदो अन्तर्राष्ट्रिय आपराधिक गिरोहका गतिविधि नियन्त्रणका लागि सूत्र परिचालन रणनीति प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान तथा कार्य विभागले तयार गर्नेछ।

‘नेपाल अन्तर्राष्ट्रिय माफियाको ट्रान्जिटबाट एक तह बढुवा भएको छ’, प्रहरी अधिकारीको दाबी छ, ‘लागू औषध, मानव ओसारपसार र आतंककारी गतिविधि नियन्त्रणका लागि समेत विभिन्न क्षेत्रका ब्यक्तिलाई सूत्रका रुपमा नगद भुक्तान गरेर परिचालन गर्न प्रहरीलाई सुविधा चाहिन्छ।’

प्रहरीले पेश गरेको निर्देशिका अनुसार एकपटक र महिनावारी रुपमै सूत्रलाई भुक्तानीको व्यवस्था गरिएको छ। यो अन्तर्राष्ट्रिय प्रचलनमा रहेको व्यवस्था हो। प्रहरीले विमानस्थल, सीमा नाका, होटल–रेष्टुरेन्ट, सार्वजनिक सवारीसाधन, गुण्डा समूहका सदस्यदेखि सामान्य किसानसम्मलाई सूत्रका रुपमा प्रयोग गर्न सक्नेछ।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 23:27:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...