जिल्ला हाँक्ने नेकपाका तीन महिला ‘पाइलट’



नेकपाका जिल्ला अध्यक्षः काभ्रेकी चौलागाईँ, मकवानपुरकी सिग्देल र लमजुङकी अधिकारी (वायाँबाट क्रमशः)
नेकपाका जिल्ला अध्यक्षः काभ्रेकी चौलागाईँ, मकवानपुरकी सिग्देल र लमजुङकी अधिकारी (वायाँबाट क्रमशः)

एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएका दिन ३ जेठ (०७५) मा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘नेकपा ठूलो जहाज हो, टेम्पो होइन। टेम्पो चलाउन पो एकजना ड्राइभर भए पुग्छ। जहाज चलाउन त दुई जना पाइलट चाहिन्छ।’

एउटै पार्टीमा किन दुई अध्यक्षको व्यवस्था गरिएको हो भन्ने कुराको स्पष्टिकरण दिन नेकपा अध्यक्षसमेत बनाइएका प्रधानमन्त्री ओलीले यस्तो स्पष्टिकरण दिएका थिए। रोचक पाराले अध्यक्षको जिम्मेवारीलाई पाइलटका रुपमा व्याख्या गरेका थिए ओलीले।

सत्तारुढ नेकपाको केन्द्रमा दुईजना अध्यक्ष छँदैछन्। पार्टी एकता भएको झण्डै एक बर्षपछि नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेको छ। ७७ मध्ये ३ जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने अर्थात् ‘पाइलट’ जिम्मेवारी पाएका छन्।

तिनमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्। तीन मध्ये मकवानपुरकी सिग्देलले पूर्व एमालेको तर्फबाट नेकपाको जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् भने काभ्रेकी चौलागाईं र लमजुङकी अधिकारीले पूर्व माओवादी केन्द्रको तर्फबाट।

त्यसमध्ये लमजुङकी अधिकारी नेकपाको जिल्ला अध्यक्ष हुनुअघि पूर्व माओवादी केन्द्रको जिल्ला संयोजक थिइन्। उनी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य छिन्। जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा संलग्न अधिकारीले जनयुद्धमा आफ्ना श्रीमान् आशलाल गुरुङलाई गुमाएकी थिइन्।

मधु अधिकारी

मधु अधिकारी

माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा निर्वाचनमा उनी लमजुङ–२ बाट तत्कालिन माओवादीको तर्फबाट उम्मेदवार थिइन्। तर, गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट पराजित भइन्। दोस्रो निर्वाचनमा समानुपातिक सूचीमा परेपनि संविधान सभा सदस्य बन्ने अवसर उनलाई जुरेन।

रोचक त के भएको छ भने, राजनीति पृष्ठभूमिका दृष्टिले आफूभन्दा बरिष्ठ भएपनि नातामा दाजु पर्ने लमजुङ ‘क’ का प्रदेशसभा सदस्य धनन्जय दवाडीलाई उछिन्दै लमजुङको पार्टी नेतृत्व पाएकी छन्। अधिकारी जिल्ला अध्यक्ष बन्दा उनका दाजु धनन्जय दवाडीले जिल्ला सचिवको जिम्मेवारी पाएका छन्।

दवाडी यसअघि पूर्व एमालेको लमजुङ जिल्ला अध्यक्ष थिए। ‘मधु नातामा मेरी बहिनी पर्छिन्, म उनको दाजु, उनी मेरी फुपुकी छोरी हुन्’ दवाडीले नेपालखबरसँग भने, ‘पार्टीको निर्णय हो, नाताले बहिनी भएपनि अब उनी अध्यक्ष र म सचिव बनेर जिल्ला पार्टी चलाउँछौँ।’

मकवानपुरकी अध्यक्ष सिग्देल पनि पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी हुन्। ०४६ को आन्दोलन चल्दै गर्दा उनी जिल्लामा तत्कालिन मालेको विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्ष थिइन्। त्यसै हैसियतमा उनी आन्दोलनमा सक्रिय रहिन्।

आन्दोलनकै क्रममा मकवानपुरमा एकजना प्रहरीको मृत्यु भयो। पक्राउ परेकी मुनुमाथि प्रहरी हत्याको संगिन आरोप लाग्यो। उनले आजिवन कारावासको सजायँ पाइन्। तर, आन्दोलन सफल भएपछि जेलबाट रिहा भइन्। उनीमाथिको मुद्दापनि सरकारले फिर्ता लियो।

मिस नेपाल (छोरी) श्रृङ्खला खतिवडासँगै मनु सिग्देल

मिस नेपाल (छोरी) श्रृङ्खला खतिवडासँगै मनु सिग्देल

३० बर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मुनुको पारिवारिक परिचय अझै चर्चित छ। उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालिन एमालेका सांसद विरोध खतिवडाकी श्रीमति र मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन्।

प्रतिनिधि सभाको निर्वाचन (०७४) मा श्रीमान् विरोध फेरि निर्वाचित भए, मकवानपुर– २ बाट। मुनु भने प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारको सूचीमा थिइन्। एमालेको जिल्ला अध्यक्ष रहेकी उनी निर्वाचनपछि प्रदेश सभा सदस्यको छनोटमा पर्न सफल भइन्।

सञ्चारमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको नेकपा संगठन कमिटीले पनि महिला अध्यक्ष पाएको छ। जनयुद्धको सुरुवातकालदेखि नै माओवादी राजनीतिमा संलग्न रहेकी रुकु काठमाडौँ पूर्वकी अग्रणी महिला नेतृ थिइन्।

नातामा तत्कालिन माओवादीको पूर्वी कमाण्डका ईञ्चार्ज यानप्रसाद गौतम (आलोक) को साली पर्ने रुकुको राजनीतिक जीवनको अधोगति (आलोक) सँगसँगै हुन थाल्यो। आलोकको निर्देशनमा माओवादी कार्यकर्ता रमेश ढुङ्गेलको हत्या भएको खुलाशा भएपछि उनी (आलोक) कार्वाहीमा परे। आलोकसँग निकट रहेको आरोप लगाउँदै रुकु पनि पार्टी कार्वाहीमा परिन्।

कार्वाहीमा परेका आलोक श्रम शिविरमै रहेका बेला ०५९ बैशाखमा रोल्पामा सैन्य कार्वाहीमा मारिए। पार्टी कार्वाहीबाट मुक्त भएपछि रुकु चाहिँ राजनीतिक रुपमा निष्कृय रहिन्। द्वन्द्वका कारण गाउँमा जानसक्ने स्थिति थिएन। त्यसैले, उनी काठमाडौँमै रहेर तरकारी पसल सुरु गरिन्।

रुकु चौलागाईं

रुकु चौलागाईं

माओवादी शान्ति प्रक्रियामा आएपछि चाहिँ उनी फेरि पार्टी राजनीतिमा फर्किइन्। माओवादी विभाजन हुँदा मोहन बैद्य (किरण) समूहकमा लागेकी उनी रामबहादुर थापा (बादल) सँगै फर्केकी उनी त्यसपछि माओवादी केन्द्र काभ्रेको जिल्ला संयोजक बनिन्।

७७ जिल्लामध्ये सत्तारुढ नेकपाका ३ महिला नेतृलाई जिल्ला नेतृत्व हाँक्ने ‘पाइलट’ अर्थात् अध्यक्षको जिम्मेवारी दिइँदा ‘को–पाइलट’ मानिने सचिवको भूमिका इलामकी सोममायाँ राईले मात्र पाएकी छन्। अर्थात् ७७ जिल्ला कमिटीमध्ये ७६ जना सचिव पुरुष बनाइएका छन्।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 19:08:42
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...