नेतासँग आक्रोशित युक्रेनी जनताले हास्य कलाकारलाई राष्ट्रपति चुने



जेलेन्स्की
जेलेन्स्की

युक्रेनमा हास्य कलाकार राष्ट्रपति बन्ने निश्चित भएको छ। आइतबार भएको राष्ट्रपतिय निर्वाचनमा हास्य कलाकार भोलोडिमर जेलेन्स्कीले पुरा मतगणणा भइसक्दा ७३ प्रतिशत मत ल्याएको जनाइएको छ।

पाँच कार्यकाल राष्ट्रपतिको पद सम्हालिसकेका राष्ट्रपति पेट्रो पोरोशेन्कोले अन्तिम मतगणणा भइसक्दा २४ प्रतिशत मत ल्याउने आंकलन गरिएको छ।

राष्ट्रपतिको औपचारिक घोषणा हुन बाँकी रहेपनि पोरोशेन्कोले आफ्नो हार स्वीकार गरिसकेका छन्।

राजनीतिज्ञबाट आक्रान्त बनेका युक्रेनी नागरिकले विकल्प स्वरुप हास्य कलाकारलाई राष्ट्रपति चुनेको विश्लेषण गरिएको छ।

सन् २०१४ मा पोरोशेन्को पेट्रो राष्ट्रपति बनेका थिए। रुसका समर्थक तत्कालिन राष्ट्रपति भिक्टर यानुकोभिचलाई राष्ट्रपति पदबाट हटाइएपछि पारोशेन्को युक्रेनका राष्ट्रपति बनेका थिए।

सोही समय रुसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्रपति बनेसँगै पोरोशेन्कोले रुसी समर्थनमा हुने विद्रोह दुईदेखि तीन महिनामा अन्त्य गरिसक्ने वाचा गरेका थिए।

उनले विद्रोहीलाई सोमालीका पाइरेट्सको संज्ञा दिएका थिए। उनले क्रिमियालाई रुसबाट फर्काउने दाबी गरेका थिए।

तर पोरोशेन्कोको कार्यकालमा भ्रष्टाचार बढेपछि, अर्थतन्त्रमा मन्दी छाएपछि युक्रेनी जनता निराश बने।

पोरोशेन्को र जेलेन्स्की

पोरोशेन्को र जेलेन्स्की

त्यसमाथि पूर्वी भेगमा रुसी समर्थनमा भइरहने सशस्त्र सङ्घर्ष रोकिएन। उनको कार्यकालमा भ्रष्टाचार मौलायो, आर्थिक मन्दी छायो। प्राय उनका वाचा पुरा भएनन्।

राजनीतिज्ञबाट निराश युक्रेनी जनताले यतिबेला हास्य कलाकारलाई राष्ट्रपति चुनेका छन्।

युक्रेनले रुस समर्थक राष्ट्रपति हटाएपछि तथा रुसले क्रिमियामा नियन्त्रण लिएपछि दुवै देशबीच तिक्ततापूर्ण सम्बन्ध छ।

त्यसयता युक्रेन आर्थिक रुपमा सबल बन्न सकेको छैन। सन् २०१४ मा युक्रेनको आर्थतन्त्र ६।८ प्रतिशतले खस्कियो, सन् २०१५ मा १०।४ प्रतिशले खस्कियो। सन् २०१७ मा २ प्रतिशतले बढेको अर्थतन्त्र, २०१८ मा ३।५ प्रतिशतले बढ्यो। यसवर्ष ४ प्रतिशतले मात्र आर्थिक वृद्धिदर हुने विश्व बैंकले जनाएको छ।

यतिबेला जटिल अवस्थामा हास्य कलाकार जेलेन्स्की युक्रेनको राष्ट्रपति बन्दैछन्। जेलेन्स्कीले आफ्ना समर्थकमाझमा भने,‘म कहिल्यै तपाईहरुको भरोसा तोड्ने छैन।’

जेलेन्स्की पाँच वर्षको लागि राष्ट्रपति बन्दैछन्। उनको कार्यक्षेत्र देशको सुरक्षा, रक्षा विभाग र विदेश नीति हुनेछन्। यद्यपी राजनीतिक पृष्ठभूमि नभएका उनको राष्ट्रपतिय कार्यकाल जटिल हुने अनुमान गरिएको छ।

राष्ट्रपतिय प्रतिस्पर्धामा हार स्वीकार गरिसकेका पोरोशेन्कोले देश अनिश्चिततातर्फ जाने बताएका छन्। उनले भने,‘चुनावको नतीजाले हामीलाई अनिश्चितता र भ्रमतर्फ लैजानेछ।’

त्यासो त जेलेन्स्कीले चुनावी अभियानका क्रममा कुनै ठोस एजेन्डा प्रस्तुत गरेका थिएनन्। जुन राजनीतिज्ञले सामान्य रुपमा प्रस्तुत गर्छन्। उनले आफू देशका अन्य नेता भन्दाचाँही राम्रो भनेर भाषण गरेका थिए।

देशमा व्याप्त भ्रष्टाचार र वेथितिविरुद्ध हास्य टेलिभिजन कार्यक्रमका प्रस्तोता उनी टेलिभिजनमा युक्रेनका काल्पनिक राष्ट्रपतिको भूमिकामा प्रस्तुत भएका थिए।

हास्य कार्यक्रम ‘सर्भेन्ट अफ द पिपुल’ मा संयोगवश जेलेन्स्की देशको राष्ट्रपति बन्न पुग्छन्। विशेषगरी देशको वेथितिमाथि व्यंग्य गरिने त्यस कार्यक्रमका चर्चित पात्र यति प्रख्यात भए। अन्ततः उनलाई युक्रेनको राष्ट्रपतिको एक्ला विकल्पको रुपमा हेरियो।

यद्यपी राजनीतिक अनुभव नभएका जेलेन्स्कीले समेत पोरेशेन्कोकोजस्तै चुनौतीको सामना गर्नुपर्नेछ।

जलेन्स्कीले आफ्नो कार्यक्रमकै नाममा पार्टी दर्ता गरेर चुनाव लडे। पहिलो चरणको राष्ट्रपतिय निर्वाचनमा ३९ जनाको उमेदवारी परेको थियो।

त्यसबेला एक्लैले ३० प्रतिशत मत ल्याएका जेलेन्स्की राष्ट्रपति बन्ने सोही बेला अनुमान गरिएको थियो। त्यसबेला राष्ट्रपति पोरोशेन्कोले भने १५ प्रतिशत मत ल्याएका थिए।

यतिबेला राष्ट्रपति बनेका हास्य कलाकार जलेन्स्की युरोपको प्रभावशाली नेताका रुपमा गनिएका छन्। एजेन्सी

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 13:13:50
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...