सुरुमा ओलीलाई नेतृत्व छान्न कठिन, अहिले प्रचण्डलाई नाम टुङ्ग्याउन हम्मे!



ओली र प्रचण्ड
ओली र प्रचण्ड

नेकपा स्थापना दिवस मनाउने क्रममै जिल्ला कमिटीको घोषणा गरेर एकता टुङ्ग्याउने तयारी गरिरहेका नेकपाका शीर्ष नेताहरु जिल्ला नेतृत्वको नाम टुङ्ग्याउने अन्तिम कसरतमा छन्।

सुरुमा जिल्ला नेतृत्वको भागबण्डा एमालेभित्र निकै जटिल बन्दा लम्बिएको एकता प्रक्रिया लम्बिएको थियो। त्यो समस्या माओवादी केन्द्रमा नरहेपनि केही प्राविधिक कारणले आफ्नो तर्फका नाम टुङ्ग्याउन पूर्व माओवादी केन्द्रलाई हम्मे परेको छ।

सशस्त्र संघर्षका क्रममा विभिन्न नाम प्रयोग गरिएका कारण जिल्ला नेतृत्वको नाम टुङ्ग्याउन माओवादी केन्द्रलाई कठिन भएको हो। स्रोतका अनुसार, यतिबेला नेताहरु त्यही नाम रुजु गराउँदै छन्।

‘कतिपयले भूमिगत कालमा जे नाम राखेका थिए, अहिले पनि त्यही नामले चिनिन्छन्’ नेकपा स्रोतले भन्यो, ‘वास्तविक नाम नै प्रयोग गरेका कतिपय नेताको नाम नागरिकतामा फरक छ। एकता घोषणा क्रममा उनीहरुको वास्तविक नाम भन्नुपर्ने हुन्छ। त्यसैले, नेताहरु नागरिकता अनुसारको नाम राखेर जिल्ला अध्यक्ष र सचिवहरुको नामलाई अन्तिम रुप दिँदै हुनुहुन्छ।’

पार्टी एकता भएको ११ महिनापछि हुन पूर्णता पाउन लागेको एकताको क्रममा पूर्व एमालेको भागमा ४५ वटा जिल्ला अध्यक्ष परेका छन् भने माओवादी केन्द्रको भागमा ३२ वटा जिल्ला अध्यक्ष। जिल्ला अध्यक्ष नपाउने पक्षले सचिव पाउने सहमति नेकपाभित्र बनेको छ।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 12:41:47
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।