राष्ट्रपतिको चीन भ्रमणक्रममा पारवहन प्रोटोकलमा मन्त्री स्तरीय हस्ताक्षर हुने



ली सियाओपिङ र प्रदीप ज्ञवाली
ली सियाओपिङ र प्रदीप ज्ञवाली

नेपाल–चीनबीच दुई बर्षअघि भएको पारवहन सन्धिलाई व्यवस्थित गर्न बनाइएको सम्झौताको प्रोटोकलमा मन्त्रीस्तरीय हस्ताक्षर हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण (११–१९ बैशाख) को क्रममा १६ बैशाखका दिन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने भएको हो।

बेइजिङस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री ली सियाओपिङले हस्ताक्षर गर्नेछन्।

राजनीतिका साथै व्यापारमा पनि ख्याति कमाएका यातायात मन्त्री ली चीनका पूर्व प्रधानमन्त्री ली फङ (सन् १९८८–१९९८) का छोरा हुन्।

मन्त्रीस्तरीय हस्ताक्षर हुन लागेको पारवहन प्रोटोकल अनुसार नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउनेछन्।

नेपालले प्रयोग गर्न पाउने चारमध्ये चार वटा बन्दरगाह सामुद्रिक र ३ वटा सुख्खा बन्दरगाह छन्।

तीमध्ये तियान्जेन, सेनजेन, लियानयुङगाङ्ग र झाङ्गजियाङ्ग सामुद्रिक बन्दरगाह हुन् भने सुख्खा बन्दगाहमा गलान्जाओ, ल्हासा, र सिगात्से छन्।

उपरोक्त चिनियाँ बन्दरगाह हुँदै नेपाल आफ्ना ६ वटा नाकाबाट सामान आयात गर्न सक्नेछ। तिनमा रसुवा, कोदारी, किमाथांका, नेचुङ्ग, यारी र ओलाङ्चुड्ङगोला नाका छन्।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 10:41:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।