राष्ट्रपति बेइजिङ उड्नुअघि चिनियाँ राजदूतको यस्तो भनाइ



चिनियाँ राजदूत हउ यान्छी
चिनियाँ राजदूत हउ यान्छी

‘बीआरआई ऋणको चंगुल होइन बरु यो आर्थिक पाइ हो जसबाट स्थानीय जनता लाभान्वित हुनेछन्।’

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण पूर्वसन्ध्यामा चिनियाँ राजदूत हउ यान्छीले नेपाल—चीन सम्बन्धको वर्णन गर्दै एउटा लेख प्रकाशित गरेकी छिन्।

चीनको महत्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) अन्तर्गतका परियोजनाबारे नेपालमा बहस भइरहँदा उनले लेखमार्फत यो विषय प्रस्ट पार्ने प्रयास गरेकी हुन्।

नयाँ युग, नयाँ अवसर (न्यु एरा, न्यु अपर्चुनिटी) शीर्षकमा सोमबार रिपब्लिका अंग्रेजी दैनिकमा प्रकाशित करिब ९०० शब्दको लेखमा भनिएको छ, ‘बीआरआई ऋणको चंगुल होइन बरु यो आर्थिक पाइ हो जसबाट स्थानीय जनता लाभान्वित हुनेछन्।’  लेखमा उनले स्याउ, स्ट्रबेरीसहित विभिन्न फलफूल मिसाएर बनाइने स्वादिलो परिकार पाइलाई बीआरआईसँग तुलना गरेकी हुन्।

सञ्चार माध्यममा चिनियाँ राजदूतको दुर्लभ मानिन्छ।

बीआरआई अन्तर्गत केरुङ—काठमाडौं रेलमार्ग निर्माण गर्नेबारे नेपाल-चीनबीच सैद्धान्तिक सहमति भएर प्रारम्भिक अनुसन्धानका कामहरु पूरा भइसकेका छन्। यसको लगानी मोडलमा बहस जारी छ। रेल परियोजना चिनियाँ ऋणमा निर्माण भए त्यसको चंगुलमा नेपाल फस्न सक्ने बहसहरु भइरहेका छन्। वातावरणीय एवं भूराजनीतिक प्रभावका विषयमा समेत बहस चलिरहेको छ।

सो विषयमा स्पष्ट पार्दै उनले लेखेकी छिन्, ‘बीआरआई भूराजनीतिक साधन होइन यो त विकास बाँड्ने एउटा महत्वपूर्ण अवसर हो।’

राष्ट्रपति भण्डारी बेइजिङ उड्नुअघि प्रकाशित लेखमा दुई देशबीचको सम्बन्धको विगत, वर्तमान र भविष्य पनि वर्णन गरिएको छ। ऐतिहासिक प्रसंगहरु उल्लेख गर्दै उनले नेपाल र चीनबीच घनिष्ट मित्रता रहेको समेत उल्लेख गरेकी छिन्।

दुई देशबीच आगामी दिनका लागि सम्बन्धका नयाँ आधारहरु समेत उल्लेख गर्दै राजदूत हो यान्छीले भनेकी छिन्, ‘चीनको नेपालसहितका छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बन्ध मित्रता, इमानदारी, दुई पक्षीय लाभ तथा समावेशीताको सिद्धान्तमा भर पर्नेछ।’

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 07:39:28
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।