पार्टी एकता टुंगियो, भोलि घोषणा हुन्छः प्रचण्ड



पुष्पकमल दाहाल
पुष्पकमल दाहाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुंगोमा पुगेको बताएका छन्।

आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।

‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको प्रष्ट पारे। ‘अनुहार हेरेर होइन्, सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’, उनले भने। उनले तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागेपछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए।

जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए।

आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने उनको दावी थियो।

नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दै छ। सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 11:56:00
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...