९ बैशाख अगावै नेकपा एकता टुङ्ग्याउने अन्तिम प्रयास, ४ शीर्ष नेताको वार्ता



नेपाल, प्रचण्ड र ओली
नेपाल, प्रचण्ड र ओली

पार्टी एकतालाई अन्तिम रुप दिन नेकपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सकिएको छ।

पार्टी स्थापनाको ७० औँ दिवस अवसर पारेर एकता टुङ्ग्याउने प्रयासस्वरुप ४ शीर्ष नेताहरुबीच बालुवाटारमा वार्ता भएको हो।

तर, वार्तामा के सहमति भयो, सो कुरा सार्वजनिक गरिएको छैन।

वार्तामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल सहभागी थिए। 

एकतालाई अन्तिम रुप दिन पछिल्लो समय बरिष्ठ नेता माधव नेपालसँग अध्यक्ष ओलीले पटक पटक छलफल गरेपनि सहमति जुट्न सकेको थिएन। 

खासगरी पार्टीको जिल्ला नेतृत्वको विषयलाई लिएर ओली र नेपालबीच मतान्तर छ। एमालेले पाउने जिल्ला नेतृत्वको विषयमा दुई नेताबीच मतान्तर देखिएको हो।

नेकपाका पूर्व दुई घटकहरु तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रबीच ७७ मध्ये ४५ जिल्ला नेतृत्व एमाले र ३२ माओवादी केन्द्रले लिने आन्तरिक सहमति छ।

एमालेले पाएका ४५ जिल्ला नेतृत्वको जिम्मेवारी विधि र मापदण्ड बनाएरमात्र दिनुपर्ने अडान नेता नेपालले लिँदै आएका छन्।

अध्यक्ष ओलीले आफू अनुकूल जिल्ला नेतृत्व चयन गर्नसक्ने आशंकामा कारण नेपालले विधि र मापदण्ड निर्माणको माग गरेका हुन्।

एकताका लागि अध्यक्ष प्रचण्डले जनप्रतिनिधिलाई जिल्ला नेतृत्वमा नल्याउने यसअघिको निर्णय संसोधन गर्ने प्रस्ताव राखेका छन्, त्यसमा ओली र नेपाल दुबै सकरात्मक देखिएका छन्।

पार्टी र स्थानीय निकाय दुबैको जिम्मेवारी लिन नपाउने यसअघिको निर्णय संसोधन हुँदा जिल्ला नेतृत्वमा पूर्व एमालेबाट ओली र नेपाल पक्षीय नेताहरुको बराबरी प्रतिनिधित्व हुने स्थिति छ।

यस विषयमा ओली र नेपालबीच सहमति जुटेको हुनसक्ने र बालुवाटारमा जारी बैठक यही विषयको वरिपरि केन्द्रित रहेको हुनसक्ने स्रोतको आँकलन छ।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 11:00:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।