सुकुम्बासीको समस्या ठूलो होइन: प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले समाधान नगरेका कारण सुकुम्बासीका समस्या ठूलो भएको बताएका छन्।

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमूना सदरमुकामको शनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठुलो समस्या नै नभएको बताएका हुन्।

‘सुकुम्बासीका समस्या समाधान नगरेका कारण ठूला बनेका हुन्’ उनले भने, ‘घरखेत नभएका नै बास्तविक सुकुम्बासी हुन, तिनको पहिचान गरेर समस्या समाधान गरिन्छ।’ उनले कावासोतीमा घर भएको मान्छेले बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन रहेको भन्दै त्यसको पनि अन्त्य गर्ने बताए।

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगायतका काममा जिम्मेबार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए। उनले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि सर्त राखेर गैरजिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिए।

योजनावद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उनले निकट भविष्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दाबी गरे।

जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरि १ सय ८६ बिगाह क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो।

 

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 18:56:31
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।