त्रुटी सच्याइन्छ, अमानवीय व्यवहार भने स्वीकार्य हुँदैनः मन्त्री ज्ञावली



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
सन्देश दुमरु

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन एवं संघीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पु¥याउन निजामती कर्मचारीलाई आह्वान गरेका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठनको २९ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित संघीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजनमा देखिएका समस्या र समाधानका उपाय विषयको कार्यक्रममा उनले संसद्मा विचराधीन विधेयकमार्फत कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने विश्वास दिलाए।

मन्त्री ज्ञवालीले भने, ‘मुलुकको शासन पद्धति परिवर्तन भएसँगै भूमिका, कार्यशैली बदलिएको छ, लोकतन्त्रका लागि र लोकतन्त्रमा दल र संगठनका भूमिका र कार्यशैली फरक हुन्छ भन्ने पाटोलाई निजामती प्रशासनले बुझनु पर्दछ। कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित छ। गुनासा सम्बोधन हुनेछ, त्रुटी सच्याइनेछ तर अमानवीय व्यवहार भने स्वीकार्य हुन सक्दैन।’

राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउन सकेनन् भने कर्मचारीलाई प्रोत्साहन गर्नुको के औचित्य रहन्छ भन्दै उनले निजामती प्रशासनलाई जनताको सेवक हो भन्ने प्रष्ट पार्न संगठनका पदाधिकारीलाई सुझाव दिए। प्रशासनिक नेतृत्वमा मात्र होइन, कयौँ राजनीतिक नेतृत्वमा समेत केन्द्रकृत मानसिकता रही आएको बताउँदै मन्त्री ज्ञावलीले संघीयता नचाहने संघ र प्रदेशबीच दूरी बढाउन गौँडा ढुकेर बसेको उल्लेख गरे ।

संठनका अध्यक्ष केदारप्रसाद देवकोटाले मुलुकमा लोकतन्त्रका लागि भएका आन्दोलनमा निर्णय भूमिका निर्वाह गरेका कर्मचारीलाई स्वचालित संयन्त्रमार्फत चलाउनुपर्नेमा समायोजनका नाममा आँधीबेहरी ल्याउने काम भएको भनी गुनासो गरे।

उनले भने, ‘सरसर्र्ती हेर्दा समायोजनमा निष्पक्षता देखिए पनि केही जटिल समस्या र अप्ठेरो देखिएको छ, सहायकस्तरको हुम्ला स्थायी ठेगाना भएका कर्मचारीलाई भोजपुर पु¥याउने काम भएको छ, वृत्ति विकास र पदोन्नतिका कुरा अझै स्पष्ट हुन सकेका छैनन्, वस्तुनिष्ट ढंगबाट समायोजन हुन सकेको छैन।’

संगठनका उपाध्यक्ष लेखनाथ कोइरालाले निकै त्रास र अन्योलताबीच भएको समायोजनले आफूहरुलाई अपमान भएको महसुस गरिरहेका कर्मचारीका गुनासा सम्बोधन गरेर सरकारले हौसल्ला प्रदान गर्नुपर्ने सुझाब दिए।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै सहसचिव तोयम रायले समायोजनमा प्रदेश र स्थानीय तहमा परेका कर्मचारीको सरुवा, पदोन्नति र अवकासपछि पाउने सेवा सुविधाको विषय प्रष्ट भएमा स्थानीय तहमा गएर काम गर्न कर्मचारी उत्साहित हुने बताए।

मुलुक संघीयतामा प्रवेशसँगै सरकारले संघीय, प्रादेशिक र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन गरेको थियो। संघ र प्रदेशमा कर्मचारीको मागअनुसार कर्मचारीले समायोजन रोजेपनि स्थानीय तहमा भने अझै ठूलो संख्यामा कर्मचारीको अपुग छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेको उक्त संगठनमा निजामती सेवाका ३५ हजार सदस्य रहेको सो अवसरमा जानकारी दिइयो। उक्त संगठनले प्रत्येक सदस्यका लागि एक लाख रकमसम्मको कल्याणकारी कोष स्थापना गरेको ६८ जिल्लामा सहकारी सञ्चालन गरेकामा दुई अर्ब रकम मौज्दात रहेको तथा ४० जिल्लामा संगठनको घर र घडेरी रहेको जानकारी दिइयो। समारोहमा निजामती सेवाबाट सेवा निवृत्त हुने भएका संगठनका संस्थापक मुकुन्द पराजुलीलाई सम्मान गरियो। रासस

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 17:59:56
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।