सरकारी ‘थिङ्क ट्याङ्क’ को नेतृत्वमा सैनिक जनरललाई उछिन्दै सशस्त्रका एआइजी



राजेश श्रेष्ठ
राजेश श्रेष्ठ

नेपाली सेनाका दुई पूर्व जनरलहरुलाई उछिन्दै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) को कार्यकारी निर्देशक बन्न सफल भएका छन्।

मन्त्री परिषदको पछिल्लो बैठकले परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थाको रुपमा चिनिएको प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्व एआइजी श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

कार्यकारी निर्देशकका लागि सरकारले योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिँदा नेपाली सेनाका पूर्व उपरथीद्वय जगदीशचन्द्र पोखरेल, देबेन्द्रबहादुर मेधासी र सशस्त्र प्रहरीका पूर्व एआइजी श्रेष्ठ अन्तिम तीन सूचीमा परेका थिए।

त्यसमध्ये पूर्वउपरथीद्वय पोखरेल परराष्ट्रमन्त्री ज्ञवालीको गृहजिल्लाका हुन् भने मेधासी परराष्ट्र सचिव शंकरदास बैरागीका गृहजिल्ला पर्वतका। कार्यकारी निर्देशक बन्ने मौका पाएका श्रेष्ठ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको गृहजिल्ला ओखलढुङ्गाका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीको गृहजिल्लाका पोखरेललाई पहिलो नम्बर र परराष्ट्र सचिव बैरागीको गृहजिल्लाका मेधासीलाई दोस्रो नम्बरमा राखेर सिफारिस गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट थिए। लामो समय कार्यकारी निर्देशक चयन हुन नसक्नुको भित्री कारण यही थियो।

स्रोतका भनाईमा, परराष्ट्रमन्त्री ज्ञवाली पूर्व उपरथी पोखरेललाई कार्यकारी निर्देशक बनाउन चाहन्थे, उनलाई बनाउन नसके मेधासीलाई बनाउने उनको योजना थियो। तर, प्रम ओली दुबैको पक्षमा थिएनन्। 

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 13:35:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।