पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)



पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी
पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने कार्यक्रम शुक्रबार अपरान्हका लागि निर्धारित थियो।

सो कार्यक्रममा प्रमुख अतिथि थिए, संघीय सरकारका कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल।

नेपालका गाउँगाउँमा २ वर्षका लागि खटिन लागेका स्वयंसेवकहरुलाई उनले काठमाडौं बाहिरका जिल्लाहरुमा स्वास्थ्य, शिक्षा, पोषणको स्थिति राम्रो नभएको सुनाए। अमेरिकी स्वयंसेवकहरुको उपस्थितिले ती क्षेत्रमा सकारात्मक योगदान पुग्ने उनको विश्वास थियो।

सम्बोधन क्रममा उनले धेरै नेपालीजस्तै आफ्नो पनि अंग्रेजी भाषा राम्रो नभएको सुनाए। भाषाको प्रसंग जोड्दै उनले पिसकोर स्वयंसेवकहरुलाई भने, ‘आगामी दुई वर्षमा तपाइँहरु सालको पात टपरी हुने बोलको गीत सिकेर आउनुहोस्’, नेपालीमा उनले भने, ‘त्यतिबेलासम्म म पनि एउटा इंग्लिस गीत सिकेर गाउन सक्ने हुम्ला।’

कार्यक्रमको सुरुमा अमेरिकी स्वयंसेवकहरुले बुद्धि परियारको पुरानो गीत रेसम फिरिरि... गाएर सुनाएका थिए। सो गीत पुरानो भएको र वसन्त थापाको ‘सालको पात टपरी हुने...’ हिजोआज चर्चित रहेको उनले बताए।

कार्यक्रममा नेपालका ग्रामीण भेगमा परिचालन हुन लागेका ४९ पिसकोर स्वयंसेवकहरुलाई मन, वचन र कर्मले नेपालको सेवा गर्न राजदूत बेरीले सपथ गराएका थिए। ग्रामीण भेग जाने उनीहरुले अमेरिकाबारे नेपालीको बुझाइमा ठूलो अर्थ राख्ने जनाए।

‘सिमान्तीकृत जनसंख्या बसोबास गर्ने ग्रामीण भेगमा खटिने पिसकोर स्वयंसेवकहरुले अमेरिकी जनता, संस्कृति तथा मूल्य मान्यताबारे नेपालीको बुझाइमा ठूला प्रभाव पार्न सक्छन्’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

गत फेब्रुअरीमा नेपाल आइपुगेका पिसकोर स्वयंसेवकले कार्य क्षेत्र जानुअघि नेपाली रहनसहन, भाषा संस्कृति तथा सेवा विधिबारे ११ हप्ते तालिम लिएका थिए। ३ देखि ६ प्रदेशसम्मका १० जिल्लामा खटिने उनीहरुले सरकारी विद्यालयमा अंग्रेजी भाषा अध्यापन, खाद्य सुरक्षा, युवा विकास तथा स्वास्थ्यसम्बन्धी काम गर्नेछन्।

शिक्षा, स्वास्थ्य तथा कृषि मन्त्रालयहरुसँगको समन्वयमा उनीहरुले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग पुर्‍याउने पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले जानकारी दिइन्।

यो समूहका ४९ स्वयंसेवक मध्ये केही अंग्रेजी भाषा पढाउने पनि आएका छन्। उनीहरुले सरकारी विद्यालयमा निम्न माध्यामिक तहमा अंग्रेजी अध्यापन गराउनेछन्। १५ वर्ष लामो अन्तरालपछि पिसकोरमार्फत् अंग्रेजी भाषा स्वयंसेवक नेपाल आएका हुन्। सन् २००४ देखि अंग्रेजी भाषा स्वंसेवक नेपाल आएका थिएनन्।

सन् १९६२ देखि पिसकोर नेपालका ग्रामीण भेगमा स्वयंसेवक पठाउँदै आएको छ। अहिलेको कार्यक्रममा आएकाहरु बाहेक पिसकोरमार्फत् ३ हजार ८ सय अमेरिकी नागरिकले नेपालमा स्वयंसेवा गरिसकेका छन्।

फोटो/भिडियो: प्रबिन कोइराला

पिसकोर स्वंसेवकसँग गितार बजाउँदै मन्त्री खनाल (बीच)

पिसकोर स्वंसेवकसँग गितार बजाउँदै मन्त्री खनाल (बीच)

अमेरिकी राजदूत बेरी

अमेरिकी राजदूत बेरी

पिसकोर नेपाल निर्देशक शेरी रस्सेल

पिसकोर नेपाल निर्देशक शेरी रस्सेल

प्रकाशित ६ बैशाख २०७६, शुक्रबार | 2019-04-19 19:28:52
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...