चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?



बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो
बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

गणतन्त्र स्थापनापछि बेइजिङले बल्लतल्ल नेपाली राष्ट्रपतिका लागि रातो कार्पेट बिच्छ्याउन लागेको छ। बीआरआई सम्मेलनमा राष्ट्रपतिको सहभागिता कस्तो हुन्छ भन्ने कुराले संभवतः बीआरआईमा नेपालको सहभागिता पनि निर्धारण हुनेछ।

चीनको राजधानी बेइजिङमा वैशाख १३ र १४ गते चीरप्रतिक्षित बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोश्रो शिखर सम्मेलन हुँदैछ। २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पको चौथो वार्षिकीको अघिल्लो दिनदेखि शुरू हुने यस सम्मेलनमा यतिका समयसम्म अलपत्र परेको तातोपानी नाकादेखि थाती रहेका सम्झौताहरू नै थप परिपक्व हुनेछन्। त्यसबाहेक अन्य थुप्रै आशाका भारीहरू बोकेर यसपटक पनि नेपालले सहभागिता जनाउनेछ। त्यसो त दुईटा छिमेकीमध्ये भारत र चीन भ्रमणमा नेपालले जहिल्यै सकेसम्मको ठूलो आशाको भारी लादेको हुन्छ नै।

बेइजिङमा संसारका थुप्रै राजनेता, लगानीकर्ता तथा थिंक ट्यांकहरू भेला भैरहेका बेला नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनेछिन्। नेपालमा गणतन्त्र स्थापना भएको दशक बितिसक्दा पनि बेइजिङले बल्लतल्ल राष्ट्रपतिका लागि रातो कार्पेट बिच्छ्याउन लागेकाले हाम्रो लागि ठूलै उपलब्धी हो। तर बीआरआई सहभागिता चाहिं केवल आलंकारिक हुनेछ वा बीआरआई प्रवेशीको हैसियतमा नेपालका लागि ठोस उपलब्धीमूलक हुनेछ भनेर पनि समीक्षा गर्नुपर्ने हुन्छ।

बीआरआई परियोजनाको विश्वव्यापी चर्चाको ५ वर्ष नाघिसकेको छ। नेपालले हस्ताक्षर गरेको पनि २ वर्ष पूरा भयो। सन् २०१७ को मेमा नेपालले बीआरआईमा सहभागिताको खाता खोलेको थियो। तर त्यस खातामा अहिलेसम्म के कति बचत गरेको छ भनेर लेखापरीक्षण गर्नुपर्ने बेला भएको छ। अरू देशमा बीआरआईले दिएको प्रतिफल र नेपालले भाग खोजेदेखिका उपलब्धीको के के हुन्? अहिलेसम्म बीआरआई परियोजनाका लागि सरकारी पक्षबाट देखावटी उदासीनता बाहेक भित्रभित्रै कुनै उत्साहमूलक कार्य भैरहेको भए, त्यो सरकारलाई नै थाहा होला। नत्र सर्वसाधारणले बुझ्नेगरी सरकारले आफ्नो भावी कार्यदिशा र ठोस मार्गचित्र प्रस्तुत गर्नुपर्ने चुनौती पनि छँदैछ।

बर्षेनी चीनमा हुने २ ठूला राजनीतिक अधिवेशनले विश्वको ध्यान तान्ने गर्छन्। यस बर्ष चाहिं उस्तै ध्यानाकर्षणको विषय बीआरआई सम्मेलन पनि हो। विश्वले यसै सम्मेलनमा चीनलाई सोध्नका लागि थुप्रै प्रश्नको सूची तयार पारेको हुनुपर्छ। चिनियाँ कम्पनीले विश्वका विभिन्न देशमा लगानी गरिरहेका छन्। बीआरआईको आवरणमा भएका सबै लगानी सत्यनिष्ठ नभएर कैयन् ठाउँमा अवाञ्छित कमजोरीहरू पनि देखिएका छन्। विभिन्न देशमा चिनियाँ ऋणपासोको कुरा फैलाइएको छ। चीन जतिसुकै शक्तिशाली भएपनि अहिलेसम्म पश्चिमा मिडियाको प्रोपोगाण्डा पत्याउने जमात सानो छैन। त्यो मिडियाबाजी मात्रै हो भनेपनि चीनले ऋणपासोको बारेमा विश्वले बुझ्नेगरी प्रष्ट भाषामा जवाफ दिनु नै पर्नेछ। यद्यपि नेपालले अहिलेसम्म ऋणपासोका बारेमा कुनै संभावित प्रश्न तयार पारे/नपारेको केही सुन्नमा आइसकेको छैन।

गत वर्ष चीनमै आएर मलेसियाका प्रधानमन्त्री महाथिरले २० मिलियन अमेरिकी डलर बराबरका परियोजना खारेज गरेको उदाहरणले पनि प्रस्टै पार्छ कि ऋणपासोको चिन्ता सर्वत्र छ। भलै त्यो खारेजीलाई मलेसियाले सच्यायो, तथापि बीआरआईप्रति शंकाको सुविधाको नजीर छोड्यो। माल्दिभ्स, श्रींलंका, पाकिस्तान मात्रै होइन, अफिक्री मुलुकमा चीनको लगानी चासोलाई लिएर शंकाका थुप्रै भ्रम वा यथार्थ छन्। यिनको एक एक हिसाब सहभागीहरूले माग्ने नै छन्। विशेषगरी पारदर्शिताको कुरा धेरै ठाउँबाट उठाइने विषय हो। त्यसमाथि चीनले बीआरआई अन्तर्गत गर्ने लगानीको प्रारूप देशैपिच्छे एकरूपको छैन। त्यस्तो अवस्थामा कतिपय देशहरू ठगिनुपरेको वा ‘विन विन’ अर्थात् साझा जीतको सिद्धान्त विपरीत एक्ल्याइएको महसुस गर्न पुगेका छन्। सबैतिर एकैखाले लगानी मोडलको मार्गचित्र बन्यो भने बार्गेनिङ गर्न नसक्ने मुलुकहरू पनि लाभान्वित हुन सक्नेछन्।

अहिलेसम्म चीनले गरेको बीआरआई लगानीबाट प्राप्त सफलताको बारेमा पनि सहभागी प्रतिनिधिहरूले प्रश्न तेर्स्याउनेछन्। चीनले आफ्नो व्यापारको भोक शान्त पार्नका लागि लगानीस्थल मात्रै खोजेको हो वा विश्व सुशासनका लागि विकासका पूर्वाधारमा दत्तचित्त भएर लाग्न खोजेको हो भन्ने पश्चिमा जगतको प्रश्नलाई नेपालले पनि यही बीआरआईका नाममा बन्न लागेका परियोजनाहरू जोडेर प्रश्न गर्नु उपयुक्त हुनेछ।

नेपालले केरूङ–काठमाडौ रेलमार्ग निर्माणका लागि आफ्नै बलबुताले नभ्याउने बुझिसकेको छ। त्यसैले चीनले नै आर्थिक सहयोग गरिदेओस्, वा ऋण पनि कम ब्याजमा देओस्, अथवा सबै उसकै मर्जीले चिटिक्क पारेर टक्राइदेओस् भन्ने अपेक्षा गरिरहेको हुनसक्छ। तर चीनले भौगोलिक अवस्था, राजनीतिक, सामाजिक, सांस्कृतिक वा व्यापारिक सम्बन्धका आधारमा फरक फरक देशसँग फरक फरक ढंगले ‘डिल’ गर्छ भने निमुखा देशहरूले चर्काचर्की गर्ने हिम्मत पनि गर्दैनन्। त्यसैले त्यस्ता मुलुकहरू चीनको आर्थिक चेपुवामा पर्नसक्ने अवस्था हुन्छ। संभवतः यस्ता कुरामा सहभागी प्रतिनिधिहरूले आवाज उठाउनेछन्, र यो भएमा नेपालले प्रश्न नसोधेपनि सोध्नखोजेको प्रश्नको जवाफ पाउने नै छ।

चीनले आफूभन्दा साना तथा गरीब मुलुकहरू, समान प्रतिष्पर्धी ठूला मुलुकहरू वा धनी देशमा गर्ने बीआरआईको प्रक्षेपण समान हैसियतको नहुन पनि सक्छ। त्यस्तो अवस्थामा कम से कम लगानीको लगभग मिल्दोजुल्दो खाका प्रस्तुत गर्नसक्यो भने सहभागी देशले विन विनको अनुभव गर्नसक्नेछन्।

चिनियाँ लगानीमा पारदर्शिताको कुरा बारम्बार उठ्ने गरेको छ। विशेष गरी भ्रष्ट तथा गरीब देशमा चिनियाँ लगानीकर्ताहरूले स्थानीय भ्रष्टहरूकै जालोमा लुटपुटिएका दृष्टान्तहरू सुनिन्छन्। फलस्वरूप कमजोर पूर्वाधारका कारण चीनको बीआरआईमा नै नकारात्मक प्रभाव परेको छ। शायद चीनले यसपटकको सम्मेलनमा यस्ता प्रश्नको पनि समुचित उत्तर दिनेछ।

दुई वर्ष अघि बीआरआईको पहिलो सम्मेलनले विश्वको ध्यानाकर्षण गर्यो। अब कार्यान्वयनको विषयले ध्यान तान्दैछ। चिनियाँ राष्ट्रपतिले बीआरआईको अवधारणा पहिल्याएको पनि वर्षका हिसाबले ५ वर्ष नाघिसक्यो। नेपालले बीआरआईमा हस्ताक्षर गरेदेखि दोश्रो छिमेकी मुलुक भारत पनि उति प्रसन्न छैन। चीन–पाकिस्तान करिडोर लगायत दक्षिण एसियामा चीनको प्रवेशलाई लिएर यस क्षेत्रको ठूलो मुलुक भारतको चित्त दुखेको छ। नेपालले भारत र चीनलाई बराबर हैसियतमा अंगाल्नुपर्ने छिमेकी ठानेको छ। एउटाका कारण अर्को छिमेकी रूष्ट हुनुपर्ने अवस्था बीआरआईले पनि सिर्जना गरेको छ। चीनले यस्ता समस्याहरूमा पनि कुनै पहलकदम चाल्नसक्ला कि? समग्रमा नेपालले आफ्नो हितका लागि यस सम्मेलनमा राख्नसक्ने प्रश्नहरू गहकिला छन् र तयारी गरेर आएमा संभवतः उत्तर पनि पाउनसक्छ।

एउटा कुरा के सत्य हो भने चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता हटेबाट उनले यसलाई लक्ष्यमा पुर्याइछाड्ने अठोट प्रष्टै देखाएका छन्। यी दुइटा परिघटनाबाट विश्वले ढिलो चाँडो केही न केही प्रत्याभूति बीआरआईबाट खोज्ने नै छन्। नेपालले पनि सोध्नुपर्ने प्रश्नको मिहिन सूची तयार पार्नुपर्छ र सहभागिको कुर्सीमा बस्नुपर्छ अनि मात्रै ठोस उपलब्धीको अपेक्षा गर्न सकिन्छ।

 

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 13:05:59
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...