२०७५ सरकारको असफल वर्षः कांग्रेस


Kshamadevi Group


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको वि.सं. २०७५ कार्यकाल असफल भएको दाबी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षीले २०७५ मा सरकार सुशासन, शान्तिसुरक्षा र विकाससहितका विषयमा असफल रहेको धारणा सार्वजनिक गरेको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा सरकार असफल भएका ७ विषय प्रस्तुत गरेका थिए। संघीयता कार्यान्वयन, भ्रष्टाचार शून्य सहनशीलता, संवैधानिक परिषद र न्यायपालिका, शान्ति सुरक्षा, अन्तर्राष्ट्रिय छवि, समृद्धि र प्रधानमन्त्रीका प्रतिबद्धताहरुमा शून्य प्रगति रहेको उनले बताए।

२०७५ को सुरुवाती दिन आश गर्न लायक रहे पनि त्यसपछिका सरकारका गतिविधिले जनतालाई निरास पारेको उनले बताए। ‘सरकारले संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, शान्ति सुरक्षा कुनै काम पनि अपेक्षाअनुसार गर्न सकेन’, प्रवक्ता शर्माले भने, ‘गम्भीर राजनीतिक चुनौती नहुँदा ओली नेतृत्वको सरकारले छोटो समयमै प्रशस्त काम गर्नेछ भन्ने आम विश्वास थियो तर ०७५ अन्त्यसम्म आइपुगदा सबै आशा निरासामा बद्लिएको छ।’

‘गएको वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरित एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयाससम्म भयो। यस दृष्टिले शक्ति विकेन्द्रकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष ०७५ असफल हुन पुग्यो’, उनले भने।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको केही दिन अघि कांग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाए। प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्तिले बाल मनोविज्ञानमा असर पर्ने भन्दै टिभी च्यानल बन्द गर्ने अवस्था आएको दाबी गरे । २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न उनले प्रधानमन्त्री समक्ष आग्रह गरे।

पत्रकार सम्मेलनमै उपस्थित भएका काग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संविधानको भावनाविपरित संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै आक्रोश व्यक्त गरे। राष्ट्रिय सहमतिसाथ संवैधानिक निकायमा नियुक्त गर्नुपर्ने संवैधानिक परिषदको कल्पना गरिए पनि सरकारले त्यसको पालना नगरेको उनको भनाइ थियो।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 18:55:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...