एकता टुङ्ग्याउन नेकपाका तीन शीर्ष नेताबीच आज साँझ बालुवाटारमा वार्ता


Kshamadevi Group


प्रचण्ड, ओली र नेपाल (वायाँबाट क्रमशः)
प्रचण्ड, ओली र नेपाल (वायाँबाट क्रमशः)

पार्टी एकतालाई टुङ्गोमा पु¥याउन आज साँझ नेकपाका तीन बरिष्ठ नेताहरुबीच ‘वार्ता’ हुने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव नेपालबीच प्रम निवास बालुवाटारमा वार्ता हुन लागेको हो।

नेकपाका अध्यक्षद्वयले पार्टी स्थापना दिवसको दिन पारेर ९ बैशाखसम्म पार्टी एकता टुङ्ग्याइसक्ने योजना बनाएका छन्। त्यसैले, तीन शीर्ष नेताबीच त्यसका लागि छलफल हुन लागेको हो।

यसै विषयमा अध्यक्षद्वयसँग छलफल गर्न नेता नेपाल सोमबार विहानपनि बालुवाटार पुगेका थिए, तर ओली समता स्कूल काठमाडौँ) लाई ‘वल्र्ड बुक अफ रेकर्डस्’ हस्तान्तरण गर्ने कार्यक्रममा व्यस्त भएपछि यो छलफल सोमबार साँझका लागि सारिएको हो।

जिल्ला कमिटीको नेतृत्वमा पूर्व एमाले र पूर्व माओवादी कति कति भाग पाउने भन्ने विषय ओली र प्रचण्डको तहमा टुङ्गिसकेको छ। तर, पूर्व एमालेको भागमा परेको नेतृत्वमा नेताहरुबीच भागबण्डामा समस्या देखिएपछि एकताले पूर्णता पाउन सकिरहेको छैन।

बरिष्ठ नेता नेता नेपालले निश्चित मापदण्ड बनाएरमात्रै जिल्ला नेतृत्वको टुङ्गो लगाउनुपर्ने माग गर्दै आएका छन्। तर, यसमा ओली पक्ष सहमत छैन।

नेता नेपालले भागबण्डा खोजेको र यही कारण एकतामा अप्ठ्यारो पारिरहेको ओली पक्षको आरोप छ। नेता नेपालले चाहिँ आफ्नो सहमति विना नेतृत्व तय गरिए अस्वीकार गर्ने चेतावनी दिँदै आएका छन्।

त्यसैले, ९ बैशाख अगावै यो विवाद मिलाउन नेकपाका नेताहरुले पछिल्लो समय आफूलाई केन्द्रित गरेका छन्। त्यसैका लागि २८ चैत्रमा ओली–प्रचण्डका अलावा गृहमन्त्री रामबहादुर थापा (बादल) र नेकपा महासचिव बिष्णु पौडेलबीच चन्द्रागिरी हिल्स होटलमा आवासीय वार्ता समेत भएको थियो।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 17:32:03
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...