के थियो मोदीले ल्याएको बाकसमा? जसले काँग्रेसलाई झस्कायो!


Kshamadevi Group


नरेन्द्र मोदी (फाइल फोटो)
नरेन्द्र मोदी (फाइल फोटो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ।

हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ। ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ। अब यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ।

गत ९ अप्रिलमा भारतीय जनता पार्टीको चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भएका थिए।

उनी त्यहाँ आउने क्रममा हेलिकप्टरमा रहस्यमयी काठको कालो बाकस समेत ल्याएका थिए।

काँग्रेसले मोदीको यस कार्यलाई चुनाव प्रभावित गर्ने कार्य भनेको छ। काँग्रेसका प्रवक्ता आनन्द शर्माले मोदीले यस विषयमा प्रतिक्रिया दिनुपर्ने माग गरेका छन्।

निर्वाचन आयोगले त्यस रहस्यमयी बाकसको अनुसन्धान गर्नुपर्ने उनले बताएका छन्।

समाचार संस्था पिटिआइसँग कुरा गर्दै शर्माले भने,‘हामीले देख्यो कि प्रधानमन्त्रीको हेलिकप्टरसहित तीन हेलिकप्टर आएको थियो।

त्यहाँबाट ओर्लिने क्रममा कालो रहस्यमयी बाकस ल्याइएको थियो। त्यसको छानविन हुनुपर्छ।’ एजेन्सी

 

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 12:34:30
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...