हायातबारे संसदीय छानबिन निष्कर्षः २५ अर्बको जग्गा हडप्ने उद्देश्य



बाैद्धस्थित हायात हाेटल
बाैद्धस्थित हायात हाेटल

जग्गाको हक कम्पनीको नाममा हस्तान्तरण गरिदिने र सो रकमबाट होटलको हकप्रद सेयर खरिद गर्ने गैरकानुनी सम्झौता गरी सम्पूर्ण जग्गा हडप्ने उद्देश्य राखेको प्रतिवेदनको निष्कर्ष खण्डमा उल्लेख छ।

हायात होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा भएको अनियमितता छानिबन गर्न बनेको संसदीय उपसमितिले सो कम्पनीका निजी साझेदारको उद्देश्य सुरुदेखि नै जग्गा हडप्ने देखिएको निष्कर्ष निकालेको छ।

योजनाबद्ध रूपमै गैरकानुनी ढंगले सुरुमै तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडबीच जग्गा सम्झौता भएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तर्गतको उपसमितिको ठहर छ। सांसद अग्नि सापकोटा संयोजक रहेको उपसमितिले ४ महिना लगाएर हायात होटलमा भएको अनियमितता छानबिन गरेको हो।

कम्पनीले बौद्धस्थित १४८ रोपनी भाडामा एवं सोही ठाउँको थप १५० रोपनी सेयरस्वरुप लिने सम्झौता गरेको थियो। कूल २९८ रोपनी यो जग्गाको वर्तमान बजार मूल्य २५ अर्बभन्दा बढी पर्छ।

सुरुमा १४८ रोपनीका लागि २९ वर्षको भाडा सम्झौता भएको थियो। सामान्यतः सम्झौता अवधि सकिने समयमा अर्को भाडा सम्झौता हुनेगर्छ। तर तारागाउँ सञ्चालक समितिले केही दिनमै निर्णय फेर्दै ४९ वर्षका लागि अर्को भाडा सम्झौता गरेको थियो। सो सम्झौतामा जग्गा हडप्ने विषय परेको छानबिन समितिको निष्कर्ष छ।

‘१५४ रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरले कम्पनीको नाममा हक हस्तान्तरण गरिदिने र सो रकमबाट होटलको हकप्रद सेयर खरिद गर्ने गैरकानुनी सम्झौता गरी सम्पूर्ण जग्गा हडप्ने उद्देश्य’ रहेको ३९ पृष्ठ लामो प्रतिवेदनको निष्कर्ष खण्डमा उल्लेख छ। मन्त्रिपरिषदको निर्णयबिनै २०५० सालमा हायात होटलका निजी साझेदारले १५० रोपनी जग्गा गैरकानुनी रुपमा रजिष्ट्रेसन पास गरी लिइसकेका छन्।

मंगलबार आफ्नो प्रतिवेदन समितिका सभापति पवित्रा निरौलालाई बुझाइएको प्रतिवेदनको पहिलो बुँदामा १ सय ५० रोपनी जग्गा तारागाउँ होटल्सका नाममा समितिले हस्तान्तरण गर्दा मालपोत ऐन, २०३४ प्रतिकुल देखिएको भन्दै सो जग्गा सरकारको स्वामित्वमा ल्याउन मन्त्रिपरिषदलाई निर्देशन दिएको छ।

हायात होटलको सञ्चालक कम्पनी सार्वजनिक निजी साझेदारी अन्तर्गत २०४९ सालमा स्थापना भएको हो। होटलका निजी साझेदार राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवारले गैरकानुनी रुपमा जग्गा तथा शेयर संरचनामा चलखेल गरी २५ अर्बभन्दा बढीको सरकारी सम्पत्ति हडप्ने प्रपञ्च गरेपछि त्यसको छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो।

छानबिन उपसमितिको निर्देशन तथा सुझावहरु
१. अनुचित तवरले मालपोत ऐन, २०३४ प्रतिकूल हुने गरी तारागाउँ रिजेन्सी होटल लिमिटेडलाई तारागाउँ विकास समितिले हक हस्तान्तरण गरी दिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउनको लागि नेपाल सरकारले तत्काल आवश्यक निर्णय गर्ने।

२. काठमाडौंको बौद्धस्थित तारागाउँ होटल लिमिटेडलाई २९ बर्षको लागिमात्र लिजमा दिने गरी समितिको सञ्चालक समितिबाट निर्णय भएकोमा लगत्तै सो निर्णय संसोधन गरी ४९ वर्षका लागि लिजमा दिइएको तारागाउँ विकास समितिको १५४ रोपनी जग्गा समेत प्रतिरोपनी रु १० लाखकै दरले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाममा हक हस्तान्तरण गरी दिने र सो रकमबाट होटलको हकप्रद शेयर खरिद गर्नेगरी गैरकानूनी सम्झौता गरी समितिको सम्पूर्ण जग्गा हडप्ने उद्देश्य राखी गरिएको गैरकानूनी लिज सम्झौता प्रक्रिया पुर्याई रद्द गर्ने र यस क्रममा होटल र समितिका पदाधिकारीहरुले अख्तियारको दुरुपयोग गरेको देखिँदा यस विषयमा छानविन गर्ने।

३. तारागाउँ विकास समितिको नाममा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर स्वामित्व सुरु सम्झौतामा उल्लेख भए भन्दा घटाएको मितिमा छानविन गर्ने।

४. तारागाउँ विकास समितिको १५० रोपनी जग्गा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाममा रजिष्ट्रेसन पास गरी दिएको विषयमा छानविन गर्ने।

५. वैदेशिक लगानीको विषयमा कुनकुन बैँकमार्फत् कुन कुन मितिमा के कति होटलको बैँक खातामा जम्मा भए नभएको विषयमा छानविन गर्ने।

६. तारागाउँ रिजेन्सी होटल्स लिमिटेड निर्माणको लागत सुरु सम्झौता पत्रमा उल्लेख भए भन्दा अत्याधिक मात्रामा बृद्धि भएको विषयमा छानविन गर्ने।

७. कर र अन्य प्रयोजनको लागि छुट्टाछुट्टै लेखापरीक्षण प्रतिवेदन तयार गरे नगरेको विषयमा छानविन गर्ने।

८. ४९ वर्षको लागि समितिको जग्गा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई लिजमा दिने, लिजमा दिएको जग्गा समेत तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाममा हस्तान्तरण गरी दिइए होटेलको हकप्रद शेयर खरिद गर्ने समेत विषयको समितिको सञ्चालक समितिको निर्णय प्रमाणित नभएको विषयमा छानविन गर्ने।

९. नेपाल सरकारको शेयर स्वामित्व भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई घाटामा गएको देखाई सरकारलाई गैरकानूनी हानी नोक्सानी र आफूलाई गैरकानूनी लाभ पु¥याएको विषयमा छानविन गर्ने।

१०. प्रस्तुत प्रतिवेदनको परिच्छेद ५ को बुँदा ५.२ को १ र २ मा उल्लेखित सुझावको विषयमा आवस्यक कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिने।

११. प्रस्तुत प्रतिवेदनको परिच्छेद ५ को बुँदा ५.२ को २ देखि ९ सम्म उल्लेखित सुझावका विषयमा अनुसन्धान तहकितात गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।

१२. प्रस्तुत प्रतिवेदनको सुझाव खण्ड कार्यान्वयनको क्रममा समन्वय एवं सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई निर्देशन दिने।

हायात प्रकरणका थप सामग्री

१. हायातसँगको १४८ रोपनी जग्गा लिज तत्काल भंग गर्न मन्त्रिपरिषदलाई निर्देशन

२. स्थानीयबाट खोसिएको जग्गामा यसरी ठडिएको हो हायात होटल

३. जब दरबारलाई झुक्याएर राजा वीरेन्द्रबाट हायातको उद्घाटन गराइयो

४. हायातमा भएको अनियमिताबारे संसदीय समितिले दिँदैछ यस्तो प्रतिवेदन

५. हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

६. हायात प्रकरणमा तीन वर्षदेखि छानबिन मात्रै

७. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

८. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

९. हायातका निजी साझेदारको जालझेल छानबिन गर्दै संसदका दुई समिति

१०. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

११. होटल हायातकाे २५ अर्ब बढीको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

१२. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

१३. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

१४. होटल हायात प्रकरण: झालझेलको पोको फुकाउँदै संसदीय समिति

१५. हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर

१६. हायात हत्याउने खेलविरुद्ध अर्को छानबिन समिति

प्रकाशित २१ चैत २०७५, बिहिबार | 2019-04-04 14:01:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...