हायातसँगको १४८ रोपनी जग्गा लिज तत्काल भंग गर्न मन्त्रिपरिषदलाई निर्देशन



होटल हायात
होटल हायात

१४८ रोपनी जग्गाको लिज तत्काल भंग गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएका छौं: सांसद अग्नि सापकोटा

हायात होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सम्झौताको २५ वर्षसम्म पनि उद्देश्यअनुसार काम नगरेको ठहर गर्दै संसदीय समितिले बौद्धस्थित १४८ रोपनी जग्गाको लिज तत्काल भंग गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उप समितिले चार महिना लगाएर अनुसन्धान गर्दै सम्झौतामा निर्दिष्टि उद्देश्यअनुसार सरकारी सम्पत्ति भोगचलन नभएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो। सांसद अग्नि सापकोटा नेतृत्वको उपसिमितले मंगलबार समिति सभापति पवित्रा निरौला समक्ष बुझाएको छ।

‘हाम्रो अनुसन्धानबाट यतिका वर्षसम्म पनि सम्झौता तथा उद्देश्यअनुसार काम भएको देखिएन। १४८ रोपनी जग्गाको लिज तत्काल भंग गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएका छौं’, सांसद सापकोटाले नेपालखबरसँग भने।

वि.सं. २०४९ सालमा सार्वजनिक निजी साझेदारी अन्तर्गत स्थापना भएको तारागाउँ होटल्स लिमिटेडमा सरकारले १ सय ५० रोपनी जग्गा शेयर र १ सय ४८ रोपनी जग्गा लिजस्वरुप उपलब्ध गराएको थियो। बौद्धस्थित मुख्य सडकसँग जोडिएको जग्गाको मूल्य त्यतिबेला प्रतिरोपनी १० लाख रुपैयाँ मूल्यांकन गरिएको थियो। लिजबापत प्रतिरोपनी वार्षिक १० हजार रुपैयाँ बुझाउने सम्झौता थियो।

सांसद अग्नि सापकोटा समिति सभापति पवित्रा निरौला समक्ष प्रतिवेदन बुझाउँदै

सांसद अग्नि सापकोटा समिति सभापति पवित्रा निरौला समक्ष प्रतिवेदन बुझाउँदै

पर्यटन मन्त्रालय अन्तर्गत तारागाँउ विकास समिति र राधेश्याम सराफ र रामलाल श्रेष्ठ समूहबीच सार्वजनिक निजी साझेदारीअन्तर्गत एक सुविधा सम्पन्न पाँच तारे होटलसहित पर्यटकीय सांस्कृतिक केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो। पाँचतारे होटल २०५७ देखि सञ्चालनमा छ। सम्झौतामा स्पष्ट उल्लेख भएको नमूना नेपाल निर्माणको काम अझै सुरु गरिएको छैन। यो बीचमा निजी साझेदारले जालझेल गरी सरकारी सम्पत्ति लगभग हडपेका छन्।

कम्पनी स्थापना हुँदा ३९.७७ प्रतिशत रहेको सरकारी सेयर निजी साझेदारहरुको जालझेलका कारण ९.०१ प्रतिशतमा झरेको छ। उपसमितिले विषयमा कारवाही अघि बढाउन अख्तियारलाई निर्देशन दिइएको सांसद सापकोटाले जानकारी दिए।

१५० रोपनी तत्काल फिर्ता गर्न मन्त्रिपरिषदलाई निर्देशन
छानबिन उपसमितिले हायात होटल रहेको १५० रोपनी सरकारी जग्गाको स्वामित्व गैरकानुनी रुपमा रजिष्ट्रसेन पास गरी निजी कम्पनीको नाउँमा पुर्याइएको ठहर गरेको छ। भूमिसुधार मन्त्रालयले समेत छानबिन गरिरहेको सो जग्गा तत्काल फिर्ता गर्न उपसमितिले मन्त्रिपरिषदलाई निर्देशन दिएको छ।

‘१५० रोपनी जग्गाको स्वामित्व गैरकानुनी रुपमा रजिष्ट्रेसन पास गरेको देखियो', उनले भने, 'मालपोत ऐनअनुसार सरकारी स्वामित्वको जग्गा त्यसरी पास गरेर लिन मिल्दैन। सो जग्गा तत्काल फिर्ता गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएका छौं।’

उपसमितिले जग्गाबाहेक थप चार विषयमा कारवाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। ‘जग्गा सम्बन्धमा मन्त्रिपरिषद र सञ्चालन, सरकारी स्वामित्वको शेयर घटेको र सञ्चालन समितिले गरेका निर्णयका विषयबारे अख्तियारलाई कारवाही अघि बढाउन निर्देशन दिएका छौं’, उनले भने।

हालसम्म होटल सञ्चालनमा भएको खर्चको स्वतन्त्र लेखापरीक्षण गराउन पनि निर्देशन दिइएको छ। यसअघि नारदकुमार लुइँटेलको संयोजकत्वको छानबिन समितिले पनि विभिन्न शीर्षकहरुमा सञ्चालकहरुले अवैध र अस्वभाविक किसिमले खर्च गरेको भन्दै त्यसको स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने औंल्याएको थियो।

उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन केही दिनभित्रै समितिको पूर्ण बैठकले सार्वजनिक गर्नेछ।

भिडियाे

प्रकाशित १९ चैत २०७५, मंगलबार | 2019-04-02 17:33:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...