सर्वाेच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १८ न्यायाधीश नियुक्त र पदस्थापन



सर्वाेच्च अदालत
सर्वाेच्च अदालत

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे अध्यक्षतामा मंगलबार बसेकाे न्याय परिषद्काे बैठकले सर्वाेच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तिकाे सिफारिस गरेकाे छ।

परिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमासहित ५ जनाकाे नियुक्ति सिफारिस गरेकाे हाे। न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्वमहान्यायाधिवक्ता तथा अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता डा. मनाेजकुमार शर्मा रहेका छन्। 

मंगलबार बसेकाे परिषद् बैठकले उच्च अदालतमा रिक्त रहेका १८ जना न्यायाधीश समेतकाे नियुक्ति र पदस्थापन गरेकाे छ। 

परिषद्ले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायब महान्यायाधिवक्ता किरण पाैडेल, सर्वाेच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्य निरूपण तथा मेलमिलाप आयाेगका सचिव रमेश ढकाललाई उच्च अदालतकाे न्यायाधीशमा नियुक्त गरेकाे हाे। पाैडेललाई पाटन, उपाध्यायलाई पाटनकै हेटाैडा इजलास र ढकाललाई जनकपुरमा पदस्थापन गरिएकाे छ। 

यस्तै तत्कालीन पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीश निलम पाैडेललाई उच्च अदालत जनकपुरकाे राजविराज इजलासमा पदस्थापनसहित नियुक्त गरिएकाे छ। 

परिषद्ले जिल्ला न्यायाधीशहरू राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद, बालमुकुन्द दवाडी र नागेन्द्रलाल कर्णगरी ६ जनालाई उच्च अदालतकाे न्यायाधीशमा नियुक्त गरेकाे हाे।

यस्तै कानुन व्यवसायीहरू जगतबहादुर थापा(माेरङ), सरलाकुमारी पाण्डे (रूपन्देही), विमल सुवेदी (भाेजपुर), रेणुका साह(महाेत्तरी), डालकुमार खड्का(बारा),  उज्वल शुक्ल (ललितपुर) र नवराज थपलिया(नुवाकाेट) उच्च अदालतकाे न्यायाधीशमा नियुक्त भएका छन्। 

परिषद्ले २०७६ वैशाख १ गतेदेखि नियुक्ति पाउने गरी अधिवक्ता अन्जु उप्रेती ढकाललाई सिफारिस गर्ने निर्णय समेत गरेकाे छ। उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पाैडेल अनिवार्य अवकाश हुने भएपछि उनकाे स्थानमा उप्रेतीकाे नियुक्ति हुने भएकाे हाे। 

बैठकले सर्वाेच्च न्यायाधीशकाे चर्चामा रहेका कुमार चुडाललाई उच्च अदालत पाटन र यज्ञप्रसाद बस्याललाई पाेखरामा काज सरूवाकाे सिफारिस समेत गरेकाे छ। चुडाल पाेखरा र बस्याल दिपायलमा कार्यरत थिए। यस्तै सर्वाेच्चमा सिफारिस भएका उच्च अदालतका न्यायाधीश ढुङ्गाना र माथेमालाई सर्वाेच्चमा काज सरूवाकाे सिफारिस गरिएकाे छ। 

प्रकाशित १९ चैत २०७५, मंगलबार | 2019-04-02 12:43:09
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...