हायातमा भएको अनियमिताबारे संसदीय समितिले दिँदैछ यस्तो प्रतिवेदन



हायात हाेटल
हायात हाेटल

संघीय संसदको छानविन समितिले सार्वजनिक निजी साझेदारी अन्तर्गतको तारागाउँ रिजेन्सी होटल लिमिटेडको स्थापना र सञ्चालनको क्रममा व्यापक अनियमितता भेटिएको भन्दै यसमा संलग्नहरुमाथि कारवाही अघि बढाउन निर्देशन दिने भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको छानविन उप समितिको बिहीबार अन्तिम बैठकले होटल्सका नाममा जग्गा हस्तान्तरण गर्दा, लिज दिँदा र होटल सञ्चालनमा आउँदा अनियमितता गरेको निष्कर्ष निकालेको छ ।

संघीय संसदको सो समितिले गठन गरेको उप समितिको बिहीबार भएको अन्तिम बैठकले मन्त्रिपरिषद, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो।

तारागाउँ विकास समितिको विषयमा अनुसन्धान गर्न नेकपा सांसद अग्नि सापकोटाको संयोजकत्वमा चार महिनाअघि पाँच सदस्यीय उप समिति गठन गरेको थियो।

उप समितिले जग्गा होटल्सको नाममा हस्तान्तरण गर्दा, लिजमा दिँदा र होटल सञ्चालन गर्दा अनियमितता भएको ठहर गरेको छ।

‘उप समितिले छानविनको क्रममा सरकारी सम्पत्ति हिनामिना भएको भेटेको छ, जग्गा पास र लिजमा दिँदा कानुन मिचिएको देखिन्छ’ सापकोटाले नेपालखबरसँग भने, ‘यही निष्कर्षसहितको प्रतिवेदन १९ चैत्रमा समिति सभापतिलाई प्रतिवेदन बुझाइँदैछ।’

पूर्व न्यायाधीश, कानुन व्यवसायी र यस विषयमा सरोकार राख्ने अन्य पक्षसँग सो कम्पनीमा रहेको सरकारी लगानी र भएको अनियमितताको बारेमा जानकारी लिएपछि उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको हो।

तारागाउँ विकास समितिको मुख्यालय, नगरकोट (भक्तपुर), ककनी (नुवाकोट), पोखरामा रहेको तारागाउँका रिसोर्टहरु, न्युरोडस्थित सम्पत्ति र तारागाउँको लगानी रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड स्थलगत निरिक्षण गरेको थियो।

तारागाउँले काठमाडौँको बौद्धमा पाँच तारे होटल हायात सञ्चालन गर्दै आएको छ। उप समितिले छानविनको क्रममा तारागाउँका पदाधिकारी तथा होटलको निजी सञ्चालकका प्रतिनिधिहरुसँग पनि बयान लिएको थियो।

तारागाउँको निजी साझेदारहरुले शेयर संरचनामा चलखेल गरेर सरकारीको स्वामित्व ३९.७७ प्रतिशतबाट ९.०१ प्रतिशतमा झारेपछि विभिन्न निकायले छानविन गरिरहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा भइरहेको छानविन अन्तिम चरणमा पुगेको जनाएको छ। भूमि व्यवस्था मन्त्रालयले होटललाई सरकारी जग्गा उपलब्ध गराउने प्रक्रिया कानुनसम्मत भए वा नभएको विषयमा छानविन गरिरहेको गर्न कार्यदल गठन गरेको छ।

यसअघि तारागाउँ विकास समिति र पर्यटन मन्त्रालयले गरेको आन्तरिक छानविनले पनि होटल निर्माण गर्दा अस्वाभाविक खर्च देखाएको, सञ्चालन गर्दा अनियमिता गरेको देखाएको थियो। निजी साझेदारीहरुले शेयर संरचनामा चलखेल गरी सरकारी स्वामित्व घटाउँदै लगेको निष्कर्ष निकालिएको थियो।

२०४९ मा समिति र निजी साझेदारहरु राधेश्याम सर्राफ र रामलाल श्रेष्ठ परिवारका बीच भएको सम्झौताअनुसार देशका ठूलो पाँच तारे होटल मध्येको एक सञ्चालन गर्दै आएको छ।

प्रकाशित १५ चैत २०७५, शुक्रबार | 2019-03-29 14:04:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...