वासिङ्टनमा प्रचण्ड–सहायकमन्त्री एलिस भेटवार्ता


Kshamadevi Group


नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी सहायकमन्त्री एलिस
नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी सहायकमन्त्री एलिस

अमेरिकामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण एशिया मामिला हेर्ने अमेरिकी अधिकारी एलिस जी वेल्सले भेटवार्ता गरेकी छन्।

राजधानी वासिङ्टन डिसीमा अध्यक्ष प्रचण्ड र अमेरिकाको विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिला ब्यूरोकी निमित्त सहायक सेक्रेटरी एलिस जी वेल्सबीच भेटवार्ता भएको हो।

पत्नी सीताको उपचार गर्ने क्रममा अघिल्लो साता अमेरिका पुगेका प्रचण्डसँगै रहेकी छोरी गंगा दाहालले फेशबुकबाट भेटवार्ता भएको जनाएकी हुन्। तर दाहालले भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने खुलाएकी छैनन्।

चार दिनअघि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलेसीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको सरकारी निवासमा भएको भेटमा डेलेसीले प्रचण्डसँग नेपालको शान्ति प्रक्रियाको बेला भएका भेटवार्ता स्मरण गर्दै नेपालको सम्वृद्धिका लागि नयाँ विचार बनाउन सहयोग पुग्नेगरी छलफल भएको बताएका थिए।

‘एउटा बलियो र सम्वृद्ध नेपाल बनाउने कुरा गर्यौं’, उनले भनेका छन्, ‘म आशा गर्छु, हाम्रो कुराकानीले उहाँलाई नयाँ विचार बनाउन सहयोग पुग्नेछ।’

वासिङ्टनस्थित नेपाली दूतावास सम्वद्ध स्रोतहरूले अध्यक्ष प्रचण्ड र अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच भेटवार्ता मिलाउने प्रयास भइरहेको बताएपनि अहिलेसम्म त्यस्तो भेट भएको छैन।

यो पनिः
वासिङ्टनमा होला प्रचण्ड र उपराष्ट्रपति माइक पेन्स भेट?

 

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 21:54:57
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।