‘प्रचण्डपथ’ का प्रवक्ता सुदर्शनले यसकारण रोजे ‘विप्लवपथ’


Kshamadevi Group


दोस्री पत्नी अम्बिका र उनीतर्फको सन्तानका साथ सुदर्शन
दोस्री पत्नी अम्बिका र उनीतर्फको सन्तानका साथ सुदर्शन
अम्बिका चन्दको फेसबुकबाट

०६३ मा माओवादी शान्ति प्रक्रिया आएलगत्तै माओवादी साहित्यको बजारमा एउटा पुस्तक थपियो, प्रचण्डपथः दर्शन र सैन्य कार्यदिशा। पुस्तकका लेखकद्वय थिए,सुदर्शन र प्रभाकर। अर्थात् आजैमात्र पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका मध्य कमाण्ड ईञ्चार्ज हेमन्तप्रकाश ओली र सत्तारुढ नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा।

‘प्रचण्डपथ’ दार्शनिक–सैनिक दृष्टिले पुस्तकमार्फत् व्याख्या गरेकाले पनि सुदर्शनलाई तत्कालिन माओवादीभित्र ‘प्रचण्डपथ’ प्रवक्ता र व्याख्याताका रुपमा चिनिन्थ्यो। 

शान्ति प्रक्रिया हुँदै जब माओवादी चुनावी राजनीतिमा प्रवेश ग¥यो, एउटै गृहजिल्ला भएका यी दुई नेताबीचको द्वन्द्व यसरी चर्किन थाल्यो, त्यो द्वन्द्वमा जनार्दनले ओलीलाई मात दिए। ०६३ यता जनार्दन पटक पटक सांसद र मन्त्री बनेका छन्, ओली भने आफ्नै पूर्व सहयोद्धाहरु सरकारमा रहेका बेला पक्राउ परेका छन्।

जनयुद्धकालिन आधार इलाकामध्ये एक मानिने रुकुममा जनयुद्ध सुरुवातको समय सबैभन्दा शीर्ष नेता मानिन्थे, लोकेन्द्र बिष्ट मगर। तर, उनी जनयुद्धको सुरु हुनुअघि नै जेलमा रहेकाले पछि पर्दै गए। भनिन्छ कि, माओवादी शीर्ष नेतृत्वको बरियतामा कृष्णबहादुर महरा भन्दापनि बिष्ट नै शीर्ष नेता मानिन्थे।

तर, जनयुद्धको सुरुवातमै जेल परेका बिष्ट पहिलो वार्ताकालमा रिहा भए। त्यति बेलासम्म बिष्टलाई महराले उछिनिसकेका थिए। पहिलो वार्ता भंग भएपछि माओवादीका अन्य ११ नेता कार्यकर्तासँगै पटनामा बिष्ट पनि पक्राउ परे। त्यसले गर्दा माओवादी राजनीतिमा उनी पछि पर्दै गए।

बिष्टपछि रुकुमको माओवादी राजनीतिमा शीर्ष नेता थिए, ओली। प्रचण्डले समेत अत्यन्त विश्वास गरेका ओली आफ्नै चारित्रिक कमजोरीका कारण माओवादी राजनीतिमा पछि पर्दै गए। त्यसको फाइदा जनार्दनलाई मिल्यो। अन्ततः त्यही कमजोरी र त्यसले सिर्जना गरेको ‘फ्रष्टेसन’ का कारण उनी विप्लव समूहतिर लागे।

२०५५ ताका भूमिगत छँदा एउटा सेल्टरबाट अर्काे सेल्टर पुग्ने क्रममा ओलीले एक बुढा थरकी एक माओवादी कार्यकर्ताको साथ लिए। अर्काे सेल्टरमा नपुग्दै घनघोर बर्षा भयो। अघि बढ्नै नसक्ने भएपछि बाटोमा रहेको एउटा खालि घरमा दुबैले रात बिताए। त्यो रात जे भयो, त्यही घटनाले उनलाई माओवादी राजनीतिमा जनार्दन भन्दा पछि पारिदियो।

भोलिपल्ट गन्तव्यमा जब दुबै पुगे, ती महिला कार्यकर्ताले आफू एक्लो र निर्जन ठाउँको बासको मौका छोपेर सुदर्शनले आफूलाई यौनसम्पर्कका लागि बाध्य पारेको उजुरी पार्टीमा दिइन्। छानविनमा सुदर्शन दोषी देखिएपछि कार्वाहीमा परे। श्रमकैदमै रहेका बेला २९ माघ ०५५ मा उनी बझाङसँग सीमा जोडिएको बाजुराको दोगराबाट पक्राउ परे।

पक्राउ परेपनि उनी प्रहरीको घेरा तोड्दै भाग्न खोजे, तर सकेनन्। पिसाव फेर्ने बहानामा भागेपछि ढुङ्गाले हानेर प्रहरीले उनलाई पुन पक्रन सफल भएको थियो। उनले केही महिना जेलमा बिताए। उनी विरुद्ध प्रहरीले लगाएको आरोप पुष्टि हुन नसकेपछि जिल्ला अदालतले रिहाइको आदेश जारी ग¥यो।

अदालतले रिहाईको आदेश दिएपनि प्रहरी उनलाई रिहा हुन दिने पक्षमा थिएन। तर, कानून व्यवसाय समेत गरिरहेका तत्कालिन एमाले नेता (हाल सत्तारुढ नेकपाको सुदुर पश्चिम प्रदेशका अध्यक्ष) कर्णबहादुर थापाको सहयोगमा प्रहरीलाई छक्याउँदै उनी जिल्ला सदरमुकाम मार्तडीबाटै उनी २१ असार ०५७ मा भाग्न सफल भए।

विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

सशस्त्र विद्रोहकालमा उनी आफूमात्र पक्राउ परेनन्, छोरी सुवर्णले पनि जनयुद्धकालमा शहादत प्राप्त गरिन्। जनयुद्धकालमा माओवादीका उपल्लो स्तरका थोरैमात्र यस्ता नेता थिए, जसले आफ्ना छोराछोरी गुमाए। पोष्टबहादुर बोगटी र हितराज पाण्डेले छोरा गुमाउँदा सुदर्शनले छोरी सुवर्णा ओलीलाई गुमाए।

प्रहरीलाई छक्याउँदै मार्तडीबाट रिहा भएपछि उनी सक्रिय रुपमै माओवादी राजनीतिमा लागे। कार्वाहीका बाबजुद माओवादी पंक्तिमा उनी जनार्दन भन्दा बरिष्ठ नै मानिन्थे। जनार्दनको दक्षता सैन्य फाँटमा रह्यो। भाषणमार्फत् माओवादी जनसेनाको रगत उमालेर लडाईमा होम्न सक्ने क्षमता जनार्दनमा थियो भने सुदर्शन चाहिँ वैचारिक–राजनीतिक विषयमा पोख्त थिए।

माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सुदर्शन–जनार्दनको जोडी जमेकै थियो। तर, चुनावी राजनीतिले यी दुई नेताबीचको दुरी विस्तारै बढ्दै गयो। दुबै अध्यक्ष प्रचण्ड निकट भएपनि दुई सिट रहेको रुकुममा जनार्दनले ०६४ को निर्वाचनमा टिकट पाए, अत्याधिक मतका साथ विजयी पनि भए।

०६४ को निर्वाचनमा सुदर्शनले प्रतिस्पर्धा गरेनन्। उनी पार्टी राजनीतिमा नै सक्रिय रहे। तर, ०७० को निर्वाचनमा चाहिँ उनी टिकटका आकांक्षी रहे। जनार्दनले जरा गाडिसकेको रुकुमबाट टिकट नमिल्ने सम्भावना देखेपछि उनले दाङ–२ बाट प्रतिस्पर्धाको अपेक्षा गरे। तर, त्यहाँ पनि जनार्दनकै बहिनी नारायणी शर्मालाई उम्मेदवार बनाइयो।

प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने मौका नपाएका उनलाई समानुपातिकबाट उम्मेदवार बनाइयो। तर, दोस्रो संविधान सभा निर्वाचनमा बेहोरेको पराजयका कारण माओवादीले समानुपातिकबाट १७ भन्दा बढीलाई संविधान सभामा पु¥याउन सकेन। १७ जनाको पंक्तिमा सुदर्शन परेनन्। त्यसपछि उनले पत्रकार सम्मेलन नै गरेर पार्टी नेतृत्वविरुद्ध आक्रोस पोखे।

त्यसैक्रममा उनको निजी जीवनमा एउटा घटना घट्यो। छोरी उमेरकी, पत्रकारिता पृष्ठभूमिकी माओवादी कार्यकर्ता अम्बिका चन्दसँग प्रेममा लहसिए उनी। जवकि, रुकुममा उनकी जेठी श्रीमती दुखजेलो गरेर जीवनयापन गरिरहेकी थिइन्। गोप्य रुपमा अम्बिकालाई दोस्री श्रीमतिका रुपमा राखेको आरोप उनीमाथि लाग्यो।

सुरुमा त उनले यो कुरा अस्वीकार गरे। तर, समयक्रममा तिनै अम्बिकासँग वैवाहिक जीवनमा बाँधिए सुदर्शन। अम्बिकासँग उनको अवैध सम्बन्धको चर्चा चल्न थालेपछि पेरिसडाँडास्थित पार्टी कार्यालयमा जनार्दनले सुदर्शनमाथि एक चड्कन समेत लगाएको चर्चा तत्कालिन माओवादी पंक्तिभित्र व्यापक भएको थियो।

श्रीमति छँदाछँदै दोस्री महिलासँग सम्बन्ध कायम गरेको भन्दै माओवादीले उनलाई पार्टीबाट निलम्बन ग¥यो। अम्बिकासँगको सम्बन्धका कारण भएको त्यही निलम्बन नै प्रचण्ड नेतृत्वको माओवादीसँग सुदर्शनको ‘पारपाचुके’ को मुख्य कारण बन्यो। कार्वाहीमा परेपछि उनले माओवादीको छुट्टै ‘न्युक्लियस’ गठन गरे। र, अघिल्लो बर्ष विप्लव माओवादीमा प्रवेश गरे।

सुदर्शन, विप्लव र प्रकाण्ड (बायाँबाट क्रमशः)

सुदर्शन, विप्लव र प्रकाण्ड (बायाँबाट क्रमशः)

२०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय भएर राजनीतिमा होमिएका उनी अहिले विप्लव समूहको तेस्रो बरियताका नेता हुन्। तर, राजनीतिक योगदानका दृष्टिले चाहिँ उनी सबैभन्दा बरिष्ठ नेता हुन्। बरियतामा उनी भन्दा अघि रहेपनि विप्लव र प्रकाण्ड (खड्कबहादुर बिश्वकर्मा) भन्दा उनी पहिले राजनीतिमा लागेका हुन्। जनयुद्धकालमा पनि यी दुई भन्दा उनै बरिष्ठतामा अगाडि थिए।

२०५५ मा होस् वा ०७५ मा– उनी राजनीतिक कारणले पक्राउ परेका हुन्। तर, यी दुई पक्राउका पछिल्तिर उनको यौन कमजोरीले पनि धेरथोर भूमिका खेलेको छ। ०५५ मा पक्राउ पर्दा श्रमकैदमा थिए उनी। उनकै तहका अन्य माओवादी नेताहरुसँग सुरक्षाका लागि छापामार रहन्थे। तर, कार्वाहीमा परेकाले पक्राउका बेला उनीसँग छापामार थिएनन्। त्यसैले सहज रुपमा प्रहरीले उनलाई पक्राउ ग¥यो।

विप्लवका मध्यकमान्ड इन्चार्ज सुदर्शनसँगै पक्राउ परे खानेपानी मन्त्री बिना मगरका पूर्वपति

यस पटक पनि अम्बिकासँगको सम्बन्धका कारण उनी पार्टी कार्वाहीमा परे। उनीमाथिको त्यही कार्वाही नै प्रचण्ड नेतृत्वको माओवादीबाट बहिर्गमन हुने मुख्य कारण बन्यो। नत्र त, माओवादी विभाजन हुँदा उनले प्रचण्डलाई दह्रो साथ दिएकै हुन्, वैचारिक रुपले पनि उनी मोहन बैद्य (किरण)–विप्लवले अख्तियार गरेको नीतिसँग सहमत थिएनन्।

एकातिर पार्टीभित्र जनार्दनको दबदबाका कारण उनी एमाओवादीभित्र सधैँ ‘अवसरबाट बञ्चित’ बन्न पुगे। अर्काेतिर उनको आफ्नै ‘यौन कमजोरी’ ले पनि एमाओवादीभित्र ‘राजनीतिक अवनति’ मा भूमिका खेल्यो। पछिल्लो पटक कार्वाहीमा नपरेका भए सम्भवतः उनले प्रचण्ड नेतृत्वको माओवादी छाड्ने थिएनन्, आफूभन्दा जुनियर विप्लवलाई साथ दिने थिएनन्। र, अहिले पक्राउ पनि पर्ने थिएनन्। 

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 15:33:11
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।