कुलमानलाई लिएर माथिल्लो तामाकोशी पुगे ऊर्जामन्त्री पुन, मंसिरभित्रै काम सक्न निर्देशन


Kshamadevi Group


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित शुक्रबार साँझ दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनास्थल पुगेका मन्त्री पुनले मंसिरभित्र सबै काम सम्पन्न हुनेगरी लाग्न निर्देशन समेत दिए।

मन्त्री पुनले शनिबार बिहान आयोजनाको बाँधस्थल, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिएका छन्। करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षणमा बिताएका उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागि आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए।

मन्त्री पुनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतिका बारेमा जानकारी लिएका थिए। सो अवसरमा उनले तोकिएको समयमा आयोजना सञ्चालनमा ल्याउनका लागि गम्भीर भएर काम गर्न समेत निर्देशन दिए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा आएका थिए।

आयोजनास्थलका समस्या समधान गर्न निरन्तर पहल गर्दै आएका मनत्री पुनले निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दावीसमेत गरे।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागि मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु’ उनले भने।

उनले नेपालीले ठूला आयोजना निर्माण गर्न सक्दैनन भन्ने सोचलाई यो आयोजनाले गलत सावित गरिदिने दावी समेत गरे। मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमूनायोग्य र महत्वपूर्ण भएको बताए।

केही समयअघि भर्टिकल साफका कारण केही समस्या आए पनि सरकारले टेक्सम्याक र एन्ड्रिजबीच समझदारी कायम गरिदिएका कारण आयोजना काम तीव्र गतिमा अगाडि बढेको र तोकिएको समयमै सम्कन्न हुने दावी गरे।

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 13:53:09
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।