बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?


Kshamadevi Group


२०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल
२०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेकपा’ माथि २८ चैत्रमा प्रतिबन्ध लगाएपछि सो समूहका नेता–कार्यकर्ताको खोजीलाई तीव्र पारेको छ। बुझ्न कठिन छैन, दबाब सिर्जना गरेर सरकारले विप्लव समूहलाई वार्ताको टेबलमा ल्याउन खोजेको हो।

समयमै वार्ताको टेबलमा नल्याउँदा उनीहरुले सशस्त्र युद्ध सुरु गर्ने र हतियारको राजनीति सुरु हुनेछ। विप्लव समूहसँग यस्ता केही आधुनिक हतियार छन्, जुन सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी जनसेनाले नेपाली सेनाबाट कब्जा गरेको थियो।

रामबहादुर थापा ‘बादल’

रामबहादुर थापा ‘बादल’

द्वन्द्वकालमा आफूसँग रहेका हतियार माओवादीले शान्ति प्रक्रियामा आएको ६ बर्षपछि ०६९ चैत्रमा औपचारिक रुपमा नेपाली सेनालाई बुझाएको थियो। तर, तीमध्ये केही हतियार माओवादी पंक्तिसँगै रहे। तीमध्ये केही सय थान आधुनिक हतियार विप्लव समूहसँग रहेको विश्वास गरिन्छ।स्रोतका भनाईमा, माओवादीका हतियारमध्ये अहिले तीन किसिमले विप्लव समूहसँग द्वन्द्वकालीन हतियार रहेका छन्। एक, लुकाइएका हतियार। दुई, क्यान्टोनमेन्टबाट लगिएका हतियार। र, तीन, नबुझाइएका नेताको सुरक्षाका हतियार।

लुकाइएका हतियार
लोकतन्त्र पुनस्र्थापना लगत्तै ३१ हजार माओवादी लडाकूलाई क्यान्टोनमेन्टमा त राखियो। तर, केही हतियार चाहिँ उनीहरुले दर्ता गरेनन्। केही हतियार संसदवादी दलहरुले धोका दिनसक्ने भयका कारण लुकाइयो, केही हतियार चाहिँ दरवारले धोका दिनसक्ने विश्लेषण गर्दै तत्कालिन प्रम गिरिजाप्रसाद कोइरालाको आग्रहमा क्यान्टोनमेन्टमा नराखी लुकाइयो।

उतिबेला लुकाइएका कतिपय हतियार अहिलेपनि सुरक्षाकर्मीहरुले बरामद गरिरहेका छन्। केही हप्ताअघि विप्लव समूहका कार्यकर्ताबाट धरानबाट बरामद एम–१६ र एलएमजी, कपिलबस्तुबाट बरामद एसएमजी तिनै उतिबेला लुकाइएका हतियार हुन्। र, करिव एक सयको हाराहारीमा सुरक्षा निकायले बरामद गरेपनि अझै केही सय थान हतियार उनीहरुसँग छन्।

क्यान्टोनमेन्टका हतियार
बाबुराम भट्टराई प्रधानमन्त्री छँदा ०६९ चैत्र अन्तिम साता सात वटै क्यान्टोनमेन्टका हतियार माओवादी लडाकूहरुले नेपाली सेनालाई हस्तान्तरण गरे। यो प्रक्रियालाई आत्मसमर्पणको रुपमा व्याख्या गर्दै तत्कालिन एमाओवादीको मोहन बैद्य (किरण)–बादल-विप्लव समूह असन्तुष्ट रह्यो। कतिपय क्यान्टोनमेन्टमा रक्तपातको हुनसक्ने स्थिति समेत सिर्जना भयो।

नेपाली सेनाको प्रवेशसँगै क्यान्टोनमेन्टहरुमा रक्तपातको स्थिति त सिर्जना भएन। तर, त्यसक्रममा बैद्य–विप्लव समूहका लडाकूहरुले केही थान हतियार भने सँगै लिएर गए। यद्यपी, त्यो संख्या निकै कम थियो। तर, ती हतियार पनि अहिले विप्लव समूहसँग नै रहेका छन्।

माओवादी नेताको सुरक्षाका हतियार
शान्ति प्रक्रियामा आएपछि सार्वजनिक भएका माओवादी नेताको सुरक्षाका लागि लडाकूका केही हतियार राखिएको थियो। जब २०७० असारमा तत्कालिन एमाओवादीमा विभाजन आयो, प्रचण्ड पक्षका नेताहरुले आफूसँग रहेको हतियार सुरक्षा निकायलाई बुझाए, तर बैद्य–विप्लव समूहका कतिपय नेताहरुले चाहिँ बुझाएन्।

हतियार नबुझाउनेमध्येका एक नेता थिए, वर्तमान गृहमन्त्री रामबहादुर थापा (बादल)। बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। तर, एमाओवादीमा आएको विभाजनसँगै बैद्य समूहमा लागेका बादलको हतियार सरकारलाई बुझाइएन।

बैद्य समूहका अर्का नेता सीपी गजुरेल, देव गुरुङ, विप्लव, खड्कबहादुर बिक, पम्फा भूषाल, कूलप्रसाद केसी, नारायणप्रसाद शर्मा, हितमान शाक्य आदि नेताले पनि इन्सास, एसएमजी, एसएलआर, माउजर लगायतका हतियार सुरक्षाका लागि राखेका थिए। तर, उनीहरुका हतियार पनि बुझाइएन। बैद्यसँग रहेका हतियार चाहिँ पहिल्यै प्रहरीले बरामद गरेको थियो।

एमाओवादी विभाजन हुँदा बैद्य–बादल–विप्लव सँगै रहेपनि पछि बैद्य समूहसमेत विभाजित भयो। विप्लवले छुट्टै नेकपा (माओवादी) गठन गरे। उता, बादल चाहिँ प्रचण्ड नेतृत्वकै माओवादीमा फर्के। बादल फर्केपछि पार्टीको नाम नै नेकपा (माओवादी केन्द्र) रहन गयो।

बैद्य माओवादीमा अन्तरविरोध सिर्जना हुन थालेपछि अधिकांस द्वन्द्वकालिन लडाकूहरुले विप्लवलाई साथ दिए। त्यसैले, माओवादी केन्द्रमा फर्केका बादल, भूषाल, शाक्य लगायतका नेताको सुरक्षाका लागि राखिएका तर सरकारलाई नबुझाइएका हतियारहरु पनि विप्लव समूहसँगै रहेको अनुमान सुरक्षा निकायहरुको छ।

बादल प्रचण्ड नेतृत्वको माओवादीमा फर्कँदा हतियार सहित आएका थिएनन्। हतियारको राजनीतिको भविष्य नदेखेपछि प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका उनले पक्कैपनि त्यो राइफल लुकाएर राखेका छैनन्। त्यसैले, सम्भवतः त्यो हतियार विप्लव समूहसँगै रह्यो। 

जहासम्म बादलको सुरक्षाका लागि राखिएको तर नबुझाएको गलिल राइफल हो, द्वन्द्वकालमा यो हतियार माओवादी लडाकूसँग आधा दर्जनपनि थिएनन्। नेपाली सेनाबाट खोसिएको यो हतियार सेनाको स्पेशल फोर्सको रुपमा चिनिएको भैरवनाथ गणका सैनिकहरुले बोक्ने गरेका छन्।

गलिल राइफल

गलिल राइफल

‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालिन माओवादी लडाकूको नम्बर–१ डिभिजनको क्यान्टोनमेन्टमा दर्ता भएको हतियार थियो। 

स्पेशल अपरेशनमा खटिने सैनिकहरुले बोक्ने गलिल राइफल विश्वका उत्कृष्ट हतियारको रुपमा चिनिन्छ। सिपाहीहरुको ‘पर्सनल विपन’ को रुपमा पछिल्लो समय नेपाली सेनाको छनोटमा अमेरिका निर्मित एम–१६ राइफल बन्ने गरेको छ। तर, सीमित संख्यामा रहने स्पेशल फोर्सका लागि चाहिँ नेपाली सेनाले गलिल राइफल नै दिँदै आएको छ।

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 17:02:47
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...