गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि जनमत संग्रहमा जान कांग्रेस तयारः महामन्त्री कोइराला


Kshamadevi Group


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहमा जान तयार रहेको बताएका छन्।

बुधबार काठमाडौँको टोखास्थित आफ्नै निवासमा होलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले तीनै विषयमा जनमत संग्रहमा जान तयार रहेको दावी गरेका हुन्।

निरन्तर रुपमा हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आएका महामन्त्री कोइरालाले सो कार्यक्रममा पनि हिन्दू राज्यको पक्षमा पुनः वकालत गरेका छन्।

‘धाार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन म सबैलाई आह्वान गर्छु’, महामन्त्री कोइरालाले भने, ‘जनताले चाहे भने गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार छ।’

महामन्त्री कोइरालाले नेपालमा धभेरैजसो हिन्दुको बसोवास भएको र सदनदेखि मतदातासम्म हिन्दुको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र हुनुपर्ने बताए।

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवासँग आग्रह गरे। कम्युनिस्टहरु एकजुट भएका बेला पार्टीभित्रै एकता नहुने हो भने आगामी निर्वाचनमा पनि कांग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ।

महामन्त्री कोइरालाले पार्टीभित्र एकताको पक्षमा आफूले पहल गर्दै आएको पनि स्मरण गराए।

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 13:49:32
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।