महन्थलाई संयोजकबाट हटाउँदा राजपाका सबै नेता लाभान्वित


Kshamadevi Group


महन्थ ठाकुर
महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको संयोजकमा बुधबार (६ चैत्र) देखि शरदसिँह भण्डारी चयन भएका छन्।

२९–३० फागुन र १ चैत्र गरी तीन दिन बौद्धस्थित हायात होटलमा भएको अध्यक्ष मण्डलको बैठकले भण्डारीलाई संयोजक चयन गर्ने निर्णय गरेको हो।

१८ महिना पार्टी संयोजक बनेका महन्थ ठाकुरलाई ५ मंसिरमा हटाइएपछि राजेन्द्र महतो र महेन्द्र राय यादव हुँदै संयोजकको जिम्मेवारी भण्डारीको काँधमा आएको हो।

अध्यक्ष मण्डलमा ६ जना बरिष्ठ नेता सदस्य रहने व्यवस्था भएको राजपाको पार्टी विधानले चक्रीय प्रणाली अनुसार संयोजक चयन हुने व्यवस्था गरेको थियो।

तर, पार्टी एकता भएपछि ठाकुर विधान विपरित १८ महिना संयोजक भए, जसले गर्दा अध्यक्ष मण्डलका अन्य नेताले विधान अनुरुप जिम्मेवारी पाउन सकेनन्।

५ मंसिरमा चाहिँ ठाकुरलाई हटाएर चक्रीय प्रणाली लागू गरियो, त्यसक्रममा उनीपछिका बरिष्ठ नेता महतोलाई अध्यक्ष मण्डलको संयोजक बन्न सके।

प्रत्येक २ महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने प्रचलन अनुरुप ६ माघदेखि महेन्द्र राय यादव अध्यक्ष मण्डलको संयोजक चुनिए।

शरतसिंह भण्डारी

शरतसिंह भण्डारी

यादवको कार्यकाल पनि ५ चैत्रमा सकिने भएपछि हायात होटलमा ३ दिनसम्म बसेको बैठकले अध्यक्ष मण्डलका अर्का सदस्य भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको थियो।

६ दलबीच एकता भई गठन भएको राजपा अध्यक्ष मण्डलमा ठाकुर, महतो, यादव, भण्डारीका अलावा अनिल झा र राजकिशोर यादव सदस्य छन्।

विधानगत व्यवस्था अनुसार, भण्डारीले २ महिना संयोजकको जिम्मेवारी सम्हालेपछि क्रमैसँग झा र यादव अध्यक्ष मण्डलको संयोजक बन्नेछन्।

सो बैठकले अध्यक्ष मण्डलको संयोजक भण्डारीलाई बनाउने निर्णयका अलावा विभिन्न समिति गठनको निर्णय गरेको महासचिव केशव झाले बताए।

झाका अनुसार, महतोको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ, जसले विचार मिल्ने समूहसँग एकता र कार्यगत एकताका लागि वार्ता थाल्नेछ।

यसैगरी विभिन्न समयमा सरकारसँग भएका सहमति कार्यान्वयनका लागि महतो नेतृत्वको समितिले सरकारसँग पनि वार्ता गर्नेछ।

राजपा अध्यक्ष मण्डल

राजपा अध्यक्ष मण्डल

बैठकले झाको नेतृत्वमा स्थानीय तह संयोजन समिति गठन गरेको छ भने महेन्द्र राय यादवको संयोजकत्वमा प्रदेश–२ को सरकार संयोजन समिति गठन गरेको छ।

अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले प्रशिक्षण विभागको जिम्मा पाएका छन्।

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 12:40:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...