एकीकरण अनावश्यक लम्बिँदा निराशा छायोः माधव नेपाल


Kshamadevi Group


माधव नेपाल
माधव नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन्।

वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीमाझ उनले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने पनि दोहोर्याए।

उनले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको पनि बताए।

वरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि बताए।

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 20:47:47
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।