७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान


Kshamadevi Group


राजनारायण पाठक
राजनारायण पाठक

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग अख्तियारले मंगलबारदेखि बयान सुरु गरेको छ।

फागुन २ गतेसम्म आयोगकै आयुक्त रहेका पाठकसँग सहसचिव नेतृत्वको अनुसन्धान टोलीले लिखित सवाल–जवाफ गरेको हो।

मंगलबार बिहान साढे ७ बजे अख्तियार टोली पाठकलाई लिन शान्तिनगर, बाबुछिरी चोकस्थित घरमा पुगेको थियो। बा.७ च. २२५७ नम्बरको कालो बोलेरोमा राखेर उनलाई अख्तियार केन्द्रीय कार्यालय टंगाल पुर्याइएको हो। पाठकलाई नियन्त्रणमा लिएको विषय अख्तियारले गोप्य राखेको थियो।

घरबाट नियन्त्रणमा लिएका उनलाई सुरुमा प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आफ्नै कार्यकक्षमा राखेका थिए। साढे ९ बजे प्रमुख आयुक्तको कार्यकक्षमा सहसचिवसहित अनुसन्धान टोलीलाई बोलाएर बयान लिन घिमिरेले निर्देशन दिएका थिए। त्यसपछि टोलीले पाठकसँग बयान थालेको थियो।

राजनारायण पाठक सवार बा७प २२५७ नम्बरको कालो गाडी

राजनारायण पाठक सवार बा७प २२५७ नम्बरको कालो गाडी

‘उहाँ सोधपुछ गर्ने काम भएको छ। सोधेका प्रश्नहरूको सही उत्तर दिनुभएको छ। घूस प्रकरणमा संलग्नता स्वीकार्नु भएको छ’, अख्तियार स्रोतले नेपालखबरसँग भन्यो। आयोग टोलीले पाठकसँग करिब ७ घन्टा बयान लिएको हो।

बयानपछि अख्तियारको टोलीले उनलाई आफ्नै निवासमा लगेर छोडेको छ। पाठक अख्तियारकै निगरानीमा छन्।

यसअघि पाठकलाई घूस दिने भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग आयोगले २०७५ फागुन २८ गते बयान लिएको थियो। एक दिन बयान दिएपछि उनी फरार भएका थिए। त्यसपछि आयोगले मुख्य आरोपी पाठकसँग बयान थालेको हो।

न्यौपानेले आर्थिक अनियमितता र स्वामित्व विवादसम्बन्धी कारबाहीबाट बच्न राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झामार्फत् पाठकलाई दुई पटक गरी ७८ लाख घूस बुझाएका थिए। नेकपा कार्यकर्ता ध्वजमान मोक्तानले पाठकले घूस बुझेको स्वीकारेको भिडियो खिचेका थिए।

घूस प्रकरणसँग जोडिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन तथा पाठकका भाइ शुभनारायण, पैसा बोकेर जाने झा र भिडियो खिच्ने मोक्तानसँग आयोगले नियमित बयान लिइरहेको छ।

अख्तियारका तत्कालीन आयुक्त पाठकले ७८ लाख रुपैयाँ घूस लिएकोबारे नेपालखबरले गत फागुन १ गते खुलासा गरेको थियो। उनले घूस लिएको स्वीकार गरेको भिडियो सार्वजनिक गरेको थियो। खुलासाको तीन दिनपछि फागुन ३ गते पाठकले पदबाट राजीनामा दिएका थिए।

अख्तियारकै आयुक्त रहिसकेका पाठकविरुद्ध अनुसन्धान थाल्नेबारे आयोगले महान्यायाधिवक्ता कार्यालयको राय लिएर अनुसन्धान टोली बनाएको थियो।

पाठक प्रकरणका थप सामाग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 18:52:50
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...