शेखर र शशांकले हिन्दू धर्मका पक्षमा बोलेर केही हुँदैनः देउवा

वार्तामा आउन विप्लवलाई कांग्रेसको आग्रह



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मका विषयमा कांग्रेस संविधानभन्दा बाहिर जान नसक्ने स्पष्ट पारेका छन्।

शनिबार प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संविधानमै नेपाल धर्म निरपेक्ष राज्य उल्लेख भएको भन्दै कांग्रेस संविधानभन्दा दायाँबायाँ नहुने बताए। कांग्रेस हिन्दु धर्मका पक्षमा हो भन्ने प्रकारको प्रश्नमा सभापति देउवाले यस्तो जवाफ दिएका हुन्। शशांक कोइरालाले नेपाल हिन्दु राज्य हुनुपर्ने भनेका छन नि भन्ने पत्रकारको प्रश्नमा ुभापति देउवाले भने, ‘गिरिजाबाबुले धर्म निरपेक्षताको नेतृत्व गर्नुभएको हो, शेखर र शशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही हुँदैन।’

वार्तामा आउन विप्लवलाई कांग्रेसको आग्रह

पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले नेकपालाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए।

द्वन्द्वले समस्याको समधान नहने भन्दै सभापति देउावले दुवै पक्ष लचक भएर वार्ताका माध्यमबाट समस्याको समधान गर्न तयार हुनुपर्ने बताए।

सरकारको आलोचना

सभापति देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि राम्रा काम गर्न नसकेको आरोप लगाए।

उनले भने, ‘सरकार गठनको वर्ष दिन पुग्यो, एक वर्षको अवधिमा सरकारले सम्झनलायक एउटा पनि काम गरेन्।’

सरकारले एकपछि अर्को गर्दै अधिनायवादी काम गर्दे गएको भन्दै सभापति देउवाले प्रेसमाथिको अंकुश कांग्रेसलाई मान्य नहुने बताए।

कांग्रेस र प्रजातन्त्र पर्यावाची भएको भन्दै उनले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस जुनसुकै मुल्य पनि चुकाउन तयार रहेको प्रस्ट पारे।

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 11:47:22
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...