प्रचण्डलाई थाहै नदिई बादलले ओलीसँग मिलेर गरेको त्यो निर्णय



पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
फाइल फोटो

मुलुक विखण्डनको अभियान चलाइरहेका सिके राउतसँग सम्झौता गरेपछि आलोचना बेहोरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यसबाट मुक्त भएका छन्। त्यो अवगालबाट मुक्ति पाउने कारण बन्यो, नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको ‘नेकपा’ माथि प्रतिबन्ध लगाउने २८ फागुनको मन्त्री परिषदको निर्णय।

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयले राजनीतिक–सामाजिक क्षेत्रमा उत्पन्न प्रतिक्रियाले राउतसँग भएको सहमतिलाई नै ओझेलमा पारिदिएको छ। राउतसँगको सहमतिप्रति नेपाली जनमत पक्ष–विपक्षमा बराबरी रुपमा विभाजित भएको थियो, तर विप्लवमाथिको प्रतिबन्धको समर्थन भन्दा विरोध बढी देखिएको छ।

प्रधानमन्त्री ओलीले धेरै निर्णय पार्टी र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सम्मतिमा भन्दा आफ्नै तजविजमा गर्दै आएको गुनासो नेकपाका अन्य शीर्ष नेताहरुले गर्दै आएका छन्। बरिष्ठ नेता नेपालले पार्टीको जानकारी विना विप्लव समूहमाथि प्रतिबन्धको निर्णय गरिएको भन्दै प्रम ओलीको सार्वजनिक आलोचना गरिसकेका छन्।

अध्यक्ष प्रचण्डले विप्लवका विध्वंसात्मक र उग्र क्रियाकलापको आलोचना गर्दै आएपनि प्रधानमन्त्री ओलीले झैँ, विप्लव समूहलाई ‘लुटेरा’ शब्द अध्यक्ष प्रचण्डले सार्वजनिक गरेका छैनन्। सरकारी निर्णयप्रति अहिलेसम्म उनले मौनता साँधेका छन्। यसले मन्त्री परिषदबाट निर्णय गर्नुअघि यसबारे प्रचण्डसँग ओलीले सल्लाह गरेका थिए कि थिएनन् भन्ने चासो नेकपा बृत्तमा पैदा भएको छ।

नेकपाका उच्च स्रोतहरूका अनुसार सो निर्णयबारे ओलीले प्रचण्डलाई सांकेतिक रुपमा मात्र बताएका थिए, विप्लव समूहमाथि प्रतिबन्ध नै लगाइँदैछ भन्नेबारे प्रष्टसँग बताएका थिएनन्।

‘ओलीले विप्लवको सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दैछु भनेका थिए भन्ने बुझिन्छ’, नेकपाका एक बरिष्ठ नेताले भने, ‘प्रतिबन्धकै निर्णय गरिँदैछ भन्ने चाहिँ भनिएको रहेनछ।’

२८ फागुन साँझको मन्त्री परिषद बैठकमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापा (बादल) ले राखेका थिए। संसदीय पद्दतिमा प्रधानमन्त्रीले समर्थन गरेपछि स्वत पास हुने भएकाले गृहमन्त्री बादलले राखेको सो प्रस्ताव पारित हुने भइहाल्यो। स्रोतका भनाईमा, गृहमन्त्री बादलले समेत प्रचण्डलाई यसबारेमा प्रष्टसँग जानकारी दिएका थिएनन्।

ओली नेतृत्वको सरकारमा पूर्व माओवादी केन्द्रको नेतृत्व गर्दै गृहमन्त्री बनेपनि पछिल्लो समय प्रचण्डसँग भन्दा ओलीसँग निकट हुँदै गएका छन् बादल। ओलीले गर्ने जुनसुकै कुराको उनी प्रतिवाद त गर्दैनन् नै, महत्वपूर्ण निर्णय गर्नुअघि प्रचण्डलाई जानकारी पनि गराउँदा रहेनछन् भन्ने कुरा यो घटनाले पनि देखाएको छ।

विप्लवमाथि प्रतिबन्ध लगाइँदैछ भन्ने कुराको जानकारी प्रम ओलीले अध्यक्ष प्रचण्डलाई प्रष्टसँग दिएका थिएनन् भन्ने कुरा मन्त्री परिषद बैठक लगत्तै गरिएको ब्रिफिङले पनि प्रष्ट पार्छ। प्रचण्डलाई सँगै राखेर प्रम ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई विप्लव समूहमाथि प्रतिबन्ध लगाउनुको कारणबारे ब्रिफिङ गरेका थिए।

सम्बन्धित लिंकः विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णयबारे देउवा-प्रचण्डलाई ओलीको ब्रिफिङ

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री थापा, कानूनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङलाई सँगै राखेर देउवा र प्रचण्डलाई सरकारको तर्फबाट ब्रिफिङ गरिएको थियो। ‘निर्णयबारे आफूलाई थाहै थिएन’ भनेर अप्रत्यक्ष रुपले अभिव्यक्ति नदिउन् भनेर देउवासँगै प्रचण्डलाई पनि त्यसबारे ब्रिफिङ गरिएको स्रोतहरूले जनाएका छन्। 

विप्लव समूहमाथि प्रतिबन्धको ठाडो प्रस्ताव राखेर पारित गराएका गृहमन्त्री थापा त्यसैदिन विदेश भ्रमणका लागि प्रस्थान गरे, त्यसैले यसबारे उनले कुनै जवाफ दिनु परेको छैन। तर, त्यसको तीब्र प्रतिक्रिया भने सत्तारुढ नेकपाभित्र सिर्जना भएको छ। पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुबैका अधिकांश कार्यकर्ता पंक्तिले आफ्नो सरकारले गरेको निर्णय रुचाएका छैनन्, बरु सामाजिक सञ्जालबाट यसको आलोचना गरेका छन्।

यस्तो स्थितिमा अध्यक्ष प्रचण्डले पनि सो निर्णयको सम्बन्धमा सरकारको निर्णयको बचाउ गरेका छैनन्। स्रोतका भनाईमा, एक त प्रचण्ड विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सहमत छैनन्। अर्को, आफूलाई स्पष्ट रुपमा जानकारी नदिई निर्णय गरिएकोमा दुखित पनि छन्।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 14:37:17
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...