पूर्वराजाद्वारा बन्दको ‘अवज्ञा’, विप्लव ज्ञानेन्द्रप्रति किन नरम?



ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाह

बिगतमा झैँ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले विहीबार (३० फागुन) गरेको नेपाल बन्दको असर राजधानी काठमाडौँ लगायत शहरी इलाकामा कममात्रामा प¥यो। तर, लामो दुरीका यातायात साधनहरुलाई चाहिँ विप्लवको बन्दले यसपटक पनि असर पु¥यायो। लामो दुरीमा यात्रा गर्ने हजारौँ सवारी साधन विहीबारको बन्दका कारण रोकिए।

तर, जनकपुरबाट मलंगवा (सर्लाही) लागि विहीबार विहानै हिँडेको गाडीको एउटा लस्करलाई चाहिँ विहीबारको बन्दले कुनै असर गरेन। उनीहरुमाथि कुनै अवरोध कहीँकतै भएन। त्यो गाडीको लस्कर जसरी बिहान विनाअवरोध जनकपुरबाट मलंगवा पुग्यो, त्यसैगरी विना अवरोध साँझ मलंगवाबाट जनकपुर फिर्ता भयो।

त्यो गाडीको लस्कर पूर्वराजा ज्ञानेन्द्र शाहको थियो। बुधबार (२९ फागुन) देखि पूर्वी तराईको भ्रमणका लागि झापाबाट जनकपुर पुगेका ज्ञानेन्द्र बिहीबार बिहानै जनकपुरका लागि प्रस्थान गरेका थिए। विप्लव समूहले बन्द आयोजना गरेको थाहा भएपनि न ज्ञानेन्द्रले आफ्नो पूर्व निर्धारित कार्यक्रम परिवर्तन गरे, न त विप्लव समूहले शाहमाथि कुनै अवरोध सिर्जना ग¥यो।

राप्रपा (संयुक्त) का नेता समेत रहेका सुरेशप्रसाद आचार्यले विहीबार नै फेसबुमा पूर्वराजाको यो यात्राबारे रमाइलो टिप्पणी गरेका छन्। उनले फेसबुकमा लेखेका छन्। ‘विप्लव नेतृत्वको नेकपाको आह्वानमा भएको नेपाल बन्दमा संघीय र प्रदेश सरकारका मन्त्रीहरू पहिले झै तामझामसहित सडकमा निस्कन डराए पनि पूर्वराजा ज्ञानेन्द्र जनकपुरधामदेखि सर्लाहीको सदरमुकामहरूमा आयोजित सार्वजनिक कार्यक्रमहरूमा आज बिहीबार दिनभरि सक्रिय बने।’

एक समय राजप्रासाद (दरबार) सेवाको कर्मचारी समेत रहेका आचार्यले लेखेका छन्, कि पूर्वराजाबाट विप्लवको बन्दको अवज्ञा भएकै हो। जस्तो कि, उनी त्यसमा लेख्छन्, ‘हजारौँ जनताले बन्दको अवज्ञा गर्दै राजाको दर्शन गरे, जसबाट ओली सरकारले जनकपुर र मलंगवा क्षेत्रमा विप्लवको बन्द फेल भएकोमा नाक घोक्राउने मौका पाएको छ।’

प्रश्न उठ्छ, सरकारले आफूविरुद्ध गरेका दमन र अवरोधको ‘मुहतोड’ जवाफ दिने चेतावनी दिएको विप्लव समूहले पूर्वराजाले यसरी आफ्नो बन्दको अवज्ञा गर्दाचाहिँ किन कहीँकतै अवरोध नगरी चुप बस्यो? के विप्लव समूह पूर्वराजाप्रति चाहिँ नरम देखिएको हो?

आमा रत्न शाह विरामी भएकाले २३–२६ फागुनका लागि निर्धारित पूर्वी तराईका सप्तरी, धनुषा, सर्लाही र उदययपुर भ्रमण गर्ने पूर्वराजा शाहको कार्यक्रम केही दिनका लागि स¥यो। आमा रत्न विरामी भएलगत्तै उनी काठमाडौँ आए। र, २६ फागुनमा झापा फर्के। लगत्तै जनकपुरलाई केन्द्र बनाएर २९ फागुन–२ चैत्रसम्म पूर्वी तराईका उपरोक्त जिल्लाहरुको भ्रमणको कार्यक्रम गर्ने योजना बनाए।

आमाको विमारका कारण पहिलो पटक रद्द भएकाले दोस्रो पटक निर्धारित कार्यक्रम परिवर्तन गर्न पूर्वराजाले उपयुक्त सम्झेनन् सायद। र, जनकपुर–मलंगवा–जनकपुरको निर्वाध यात्रा गरे। मलंगवामा स्थानीय राजावादीहरुको अभिनन्दनपनि ग्रहण गरे। यसबाट देखिन्छ कि, साँच्चिकै पूर्वराजाले विप्लवले आयोजना गरेको बन्दको अवज्ञा गरेकै हुन्।

तर, निर्मल निवास निकट केही व्यक्ति र समूहहरुले चाहिँ विप्लवको बन्दलाई प्रसंशा गरे। पूर्व युवराज पारश निकट मानिने राष्ट्रिय सरोकार समाजका अध्यक्ष सोमिविक्रम सिंहले त ‘मनिविप्लव’ भन्ने ह्यासट्याग बनाएर विप्लवको समर्थनमात्र गरेनन्, विहीबार साँझपख ‘विप्लव दाईलाई बधाई’ नै दिए, फेसबुकमार्फत्। अन्य राजावादीहरु पनि विप्लवको बन्दप्रति सकरात्मक नै भेटिए।

सर्लाहीमा ज्ञानेन्द्र शाह

सर्लाहीमा ज्ञानेन्द्र शाह

विप्लव समूह यतिबेला वर्तमान सरकार र सत्तारुढ नेकपाप्रति सबैभन्दा बढी आक्रामक देखिन्छ। त्यसैपछि उसको निशाना नेपालमा सञ्चालनमा रहेका भारतीय जलविद्युत लगायतका योजना देखिन्छन्। ठूलो परिणाममा चन्दा दिनसक्ने एनसेल, वैदेशिक रोजगार कम्पनीहरुमाथि त उसले बम विस्फोटमार्फत् भौतिक आक्रमण नै गरिसकेको छ।

साधारण नागरिकको हैसियतमा रहेका पूर्वराजा शाह यतिबेला शक्तिमा छैनन्। त्यसैले, अनुमान लगाउन सकिन्छ कि, विप्लव समूहले पूर्वराजालाई निशाना नबनाएको हो। तर, बन्दको अवज्ञा गर्दा चाहिँ किन यो समूह मौन रह्यो, यो विषय चाहिँ उदेकलाग्दो छ। तर, केही ऐतिहासिक तथ्य यस्ता छन्, जसले विप्लव समूह पूर्वराजाप्रति नरम वा गरम के छ, त्या पर्गेल्न सघाउ पु¥याउँछ।

खासमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालिन माओवादी संविधान सभाको बाटो हुँदै यहाँ अहिलेको बाटोसम्म जसरी आइपुग्यो, विप्लव त्यसप्रति सहमत थिएनन्। जनयुद्धकालमा जब कोसँग कार्यनीतिक सहकार्य गरेर जाने भन्ने विषयमा छलफल चल्न थाल्यो, विप्लव लोकतान्त्रिक गणतन्त्रका लागि संसदवादी राजनीतिक दलहरुसँग मोर्चा कायम गरेर जानुपर्छ भन्ने प्रस्तावको विपक्षमा थिए।

संसदवादी दलहरुसँग सहकार्य गरेर जानुपर्छ भन्ने प्रस्तावको विपक्षको नेतृत्व मोहन वैद्य (किरण) ले गर्थे। तर, उनी भारतको सिलगुढीमा पक्राउ परे, शान्ति प्रक्रिया सुरु भएपछि मात्र रिहा गरिए। उतिबेला प्रचण्डसँगै रहेका विप्लवको अहिले जस्तो प्रभावशाली व्यक्तित्व बनिसकेको थिएन।

संसदवादी दलहरुसँग कार्यगत एकता गरेर जानुपर्छ र त्यसका लागि भारतलाई पनि विश्वासमा लिनुपर्छ भन्ने मतका प्रस्तावक थिए, डा बाबुराम भट्टराई। सुरुमा प्रचण्ड यो प्रस्तावसँग सहमत थिएनन्। भारत र संसदवादी दलहरुसँग मिलेर जाने भन्दा दरवारसँग मिलेर जाँदा शक्ति आर्जन हुन्छ भन्ने प्रचण्डको मत थियो।

प्रचण्डलाई साथ दिनेमध्येका एक हस्ती थिए, विप्लव। मोहन बैद्य, सीपी गजुरेल, मातृका यादवजस्ता नेताहरु पक्राउ पर्न थालेपछि उनी नेपाल फर्केर रोल्पा–रुकुम जस्ता माओवादी आधार इलाकामा बस्न थालेका थिए। त्यो क्षेत्र माओवादीको विशेष कमाण्डभित्र पथ्र्याे। र, त्यसको इञ्चार्ज विप्लव नै थिए।

संसदवादी दल–भारतसँग कि दरवारसँग सहकार्य गरेर शक्ति आर्जन गर्ने भन्ने विषयमा भएको सो अन्तद्र्वन्द्वमा प्रचण्ड–विप्लव सहितको समूह बहुमतमा देखियो। भट्टराई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिए। युद्धकै बीच बाग्लुङको ढोरपाटनमा माओवादी र तत्कालिन राजा ज्ञानेन्द्रबीच वार्ताको चाँजोपाँजो मिलाइयो।

माओवादीसँग भित्रभित्रै वार्ताको तयारी गरिरहेका बेला माओवादी र संसदवादी दलहरुलाई एकैसाथ निमिट्यान्न पार्ने योजनाका साथ राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा ‘कू’ गरिदिए। त्यो कूका कारण माओवादी सहकार्यको गन्तव्य पनि मोडियो। र, माओवादी नयाँदिल्लीलाई समेत विश्वासमा लिएर संसदवादी दलहरुसँग सहकार्य गर्न पुग्यो।

विशेष क्षेत्रको इञ्चार्जको हैसियतमा प्रचण्ड–ज्ञानेन्द्रबीच वार्ताको चाँजोपाँजो खासमा विप्लवले नै मिलाएका थिए। ज्ञानेन्द्रको तर्फबाट चाहिँ त्यसको चाँजोपाँजो नेपाली सेनाका तत्कालिन रथी रुक्मांगद कटुवालले मिलाएका थिए। कटवाल यतिबेला राजतन्त्र पुनस्र्थापनाको अभियानमा छन्, उनीसँग विप्लवको सम्बध अहिले पनि सुमधुर मानिन्छ।

संसदवादी दलहरुसँग सहकार्यको नीति अख्तियार गर्नुअघि डा भट्टराई कार्वाहीमा परेकामात्र थिएनन्, जनसेनाको निगरानीमा पनि राखिएका थिए। त्यसक्रममा आफूलाई प्रचण्ड पक्षले मार्ने योजना बनाएको दावीपनि भट्टराईले बेला–बेलामा गर्ने गरेका छन्। खासमा भट्टराईलाई सिध्याउने योजनाका हर्ताकर्ता विप्लव, रवीन्द्र श्रेष्ठ लगायतका नेताहरु थिए।

यी तथ्यहरु हेर्दा के देखिन्छ भने, आकस्मिक रुपमा आयोजना गरिएको बन्दको पूर्वराजा शाहले ‘अवज्ञा’ गरेपनि विप्लव समूह पूर्वराजाप्रति चाहिँ साँच्चिकै नरम भएको हुनसक्छ। पूर्वराजा शक्तिमा नभएकाले उनीप्रति प्रहारको निशानामा नरहेको स्पष्टिकरण दिनपनि सो समूहलाई सहज छ।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 10:21:24
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...