राजनीतिक मुद्दाको हल दमनबाट असम्भव: सलेस



समाजवादी लेखक संघले सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिवन्धप्रति विरोध जनाएको छ।

फरक मत र आलोचनात्मक अभिव्यक्तिप्रति सरकार असहिष्णु बन्दै गएको भन्दै समाजवादी लेखक संघले सरकारको गलत कदमका कारण संविधानप्रदत्त स्वतन्त्रताको हक नै कुण्ठित भएकाे उल्लेख गरेको छ। 

समृद्ध र समतामूलक समाजका लागि संघर्षरत पक्षले उठाएका राजनीतिक विषय र मुद्दालाई संवादका माध्यमबाट समाधान गर्न पनि सलेसले आग्रह गरेकाे छ।

‘समृद्ध र समतामूलक समाजका लागि संघर्षरत पक्षसँग उसले उठाएका राजनीतिक विषय र मुद्दालाई संवादकै माध्यमबाट समाधान गर्नुपर्ने सहज र सही विकल्प हुँदाहुँदै प्रतिबन्धको बाटो रोज्नु सही निर्णय हुनसक्दैन।’ सलेसका तर्फबाट विष्णु भण्डारी, शकुन्तला जोशी, कला अनुरागी, शैलज पौडेल र केदार श्रेष्ठद्वार जारी संयुक्त अपीलमा भनिएको छ, ‘राजनीतिक पार्टीमाथिको प्रतिबन्धले देशलाई द्वन्द्वको बाटोतिर लैजान सक्छ। अतः तुरुन्तै यो निर्णय फिर्ता लिएर संवादबाट समाधान खोज्न समाजवादी लेखक संघ सरकारसँग जोडदार माग गर्दछ।’

एक वर्ष अघि गठन भएकाे समाजवादी लेखक स‌ंघले हजारौँ जनताको सहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन बनेकाे आराेप लगाएकाे छ। 'यसो हुँदा नेपाली समाज संर्षको नयाँ चरणमा धकेलिएको छ’  उसकाे ठहर छ।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 17:14:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।