मलाई मार्ने षड्यन्त्र गरियोः प्रचण्ड (भिडियाे)



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहले आफूलाई मार्ने षडयन्त्र गरेको बताएका छन्।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा वाइसिएलले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले हिजो सँगै काम गरेका साथीहरुले नै हत्याको षडयन्त्र गरेको आरोप लगाए। उनले भने, ‘हिजो सँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइन्युट समेत गरेको मलाई सूचना आएको छ।’

उनले विप्लवलाई प्रचण्डको नक्कल गरेर काेही प्रचण्ड नहुने सुझाव पनि दिएका छन्। ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियो। सजिलो छैन प्रचण्ड बन्न पनि।’ उनले प्रश्न गरे, ‘हिजो सँगै लडेका आफ्नै साथीहरुको सरकार छ। अनी परिस्थिति हेर्नु पर्दैन?’ 

उनले आफू प्रचण्ड बन्छु भनेर नहिँडेको बरु जनताले नै प्रचण्ड बनाइदिएको दाबी पनि गरे। ‘म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइन, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए। अब त्यही समयमै प्रचण्ड बनिँदैन’ उनले भने ‘साथीहरु नयाँ बाटो खोज्नुस्, साँच्चै केही गर्नुछ भने प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्यो भने भ्रम हो। त्यो भ्रमले कहीँ पनि पुग्दैन। यसको परिणाम दुर्भाग्य हुन्छ।’

उनले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे।

उनले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताए। प्रचण्डले सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफू विश्वस्त रहेको जनाएका छन्।

जनयुद्धले जनवादी क्रान्ति पुरा गर्‍योः योगेश भट्टराई

कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गरे।

सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे ।

उनले विप्लवलाई इंगित गर्दै केही मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको बताए। उनले यस्ता क्रान्तिको आवश्यकता नरहेको ठोकुवा पनि गरेका छन् ।

भिडियाे:

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 15:59:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।