भारतीय नेताले मुख खोलेः मोदीले इपिजी प्रतिवेदन लोकसभा निर्वाचनपछि मात्र बुझ्नेछन्



नरेन्द्र मोदी
नरेन्द्र मोदी
फाइल फोटो

लोकसभा निर्वाचन अगावै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन बुझ्दैनन् भन्ने नेपालीहरुको अनुमान सत्य सावित भएको छ।

सत्तारुढ भारतीय पार्टी (भाजपा) तथा मोदी सरकारका एक बरिष्ठ मन्त्रीले नेपालीहरुले गरेको अनुमानलाई सत्य सावित गर्दै लोकसभा निर्वाचनपछि मात्र इपिजी प्रतिवेदन बुझ्ने बताएका छन्।

भारतीय गृहमन्त्री राजनाथ सिँहले लोकसभा निर्वाचनपछि मात्र भारतीय प्रधानमन्त्री मोदीले इपिजी प्रतिवेदन बुझ्ने बताएका हुन्। उनी सत्तारुढ भाजपाका पूर्व अध्यक्षपनि हुन्।

आफूसँगको संक्षिप्त कुराकानीमा गृहमन्त्री सिँहले उपरोक्त कुरा बताएको नयाँदिल्लीमा रहेका पत्रकार ऋषि धमलाले बताएका छन्। आफूहरु निर्वाचनमा केन्द्रित भएको बताउँदै सिँहले निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्ने बताएको धमलाले उल्लेख गरेका छन्।

इपिजीमा भारतीय पक्षको संयोजक रहेका भाजपा नेता भगतसिँह कोशियारीले पनि निर्वाचनपछि मात्र त्यसको प्रतिवेदन भारतले बुझ्ने बताएका छन्। उनले भनेका छन्, ‘प्रम मोदीले निर्वाचनपछि मात्र सो प्रतिवेदन बुझ्नु हुनेछ।’

२० असार ०७५ मै इपिजीको कार्यकाल सकिएपनि मोदीले प्रतिवेदन बुझ्न आनाकाली गरिरहेका छन्। पहिले भारतीय र त्यसपछि नेपाली प्रमलाई सो प्रतिवेदन हस्तान्तरण गर्ने आन्तरिक सहमति इपिजीका सदस्यहरुबीच छ।

तर, भारतीय प्रमले सो प्रतिवेदन बुझ्न समय उपलब्ध नगराउँदा इपिजीले दुबै देशका कार्यकारी प्रमलाई सो प्रतिवेदन बुझाउन सकेको छैन। यसबीचमा भारतीय पक्षका सदस्य प्रा डा बीसी उप्रेतीको निधन भइसकेको छ।

दुबै पक्षका सदस्यहरुको भनाई के छ भने, इपिजीको प्रतिवेदन कार्यन्वयन हुने हो भने त्यसले नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाईमा पु¥याउनेछ।

यसको अर्थ के हो भने, सन्धिका कतिपय बुँदा असमान रहेकाले त्यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने कुरा इपिजी प्रतिवेदनमा छ। तर, त्यसको कार्यान्वयन गर्दा निर्वाचनमा भारतीय जनमत गुम्ने भय प्रम मोदीलाई छ।

त्यही भएर प्रम मोदी निर्वाचनपछि मात्र इपिजी प्रतिवेदन बुझ्ने निष्कर्षमा पुगेका हुन्। तर, यसअघिको लोकसभा निर्वाचनमा जस्तो मोदीको लोकप्रियता अहिले नरहेकाले आगामी निर्वाचनमा उनले विजय हासिल गलान्, नगर्लान्, त्यो भन्न सकिने स्थिति छैन।

स्मरणीय छ, भारतीय लोकसभाको निर्वाचन आगामी २८ चैत्रमा सुरु भएर ९ जेठ (०७६) मा मात्र सम्पन्न हुनेछ। 

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 15:35:06
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।