राउतले सहमतिको पालना नगरे सरकारले ‘एक्सन’ लिन्छः मन्त्री पण्डित



लालबाबु पण्डित
लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानविरोधी गतिविधि सरकारलाई मान्य नहुने बताएका छन्।

बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले सरकारले सीके राउतसँग गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको दावी गरे।

सम्झौताको पालनाका लागि दुवैपक्ष इमान्दार बन्नु पर्ने र संविधानको मर्मविपरीत त्यसको व्याख्या गर्न नहुने उनको भनाइ थियो।

मन्त्री पण्डितले राउतसँगको सहमतिको दोस्रो बुँदाले जनमतसंग्रह नभनेको दावी गरे। ‘असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत संग्रहमा जाने अर्थमा भनिएको होइन’, उनले भने ‘जनअभिमतको आशय निर्वाचन हो, जनमत संग्रह होइन्।

सरकारसँगको सहमतिविपरीत सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाएको भन्ने पत्रकारको प्रश्नमा उनले सहमतिभन्दा बाहिर गएर बोल्ने छुट कसैलाई नभएको बताए। त्यस्ता गतिविधि जारी राखे सरकारले त्यसलाई नियन्त्रण गर्न उनको भनाइ थियो। ‘सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले ‘एक्सन’ लिन्छ र नियन्त्रण गर्छ’, उनले भने, ‘संविधानविरोधी गतिविधि सरकारलाई सह्य हुँदैन।’

विप्लव नेतृत्वको नेकपाबारे पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको दावी गरे। उनले वार्ता सरकारले वार्ता र सहमतिको ढोका खुल्लै राखेको भन्दै वार्तामा आउन विप्लवलाई आग्रह समेत गरे।

सरकारले असन्तुष्ट पक्ष सबैलाई वार्तामार्फत मूलधारमा ल्याउन चाहेको उनको भनाइ थियो।

 

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 13:02:23
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।