बेइजिङको बीआरआई सम्मेलनमा सँगै हुनेछन् राष्ट्रपति भण्डारी–सी



नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङ
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङ

चीनले झण्डै एक महिनापछि हुने दोस्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च भव्य बनाउने तयारी गरेको छ। अप्रिल अन्ततिर बेइजिङमा हुने सम्मेलनलाई चीनका राष्ट्रपति सी चिनफिङले उद्धाटन मन्तव्य दिने र मञ्चमा उपस्थित नेतागणबीच गोलमेच सम्मेलनको पनि अध्यक्षता गर्ने तय भएको छ।

दोस्रो बीआरआई सम्मेलनमा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व गर्ने प्रतिनिधिमण्डल नै सहभागी हुने तयारी भइरहेको छ। काठमाडौंमा राष्ट्रपति कार्यालय स्रोतहरूले जनाएअनुसार बीआरआई सम्मेलनमा पनि सहभागी हुने गरी राष्ट्रपति भण्डारीले अप्रिल अन्तमा चीन भ्रमण गर्ने तयारी भइरहेको छ।

नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षयता भण्डारी चीनको राजधानी बेइजिङ पुग्ने पहिलो नेपाली राष्ट्रपति हुनेछिन्। यद्यपी राष्ट्रपतिको चीन भ्रमण तयारीकै चरणमा रहेकाले औपचारिक र विस्तृत जानकारी आइसकेको छैन। 

चीनका राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने चर्चासँगै राष्ट्रपति भण्डारीको चीन भ्रमण कार्यकारी नभएपनि महत्वपूर्ण हुनेछ।   

बेइजिङमा संभवतः राष्ट्रपति सीले सम्बोधन गर्ने बीआरआईको राष्ट्र वा सरकार प्रमुखहरूको गोलमेच सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन्। त्यसो भयो भने नेपालका राष्ट्रपतिले सहभागिता जनाएको यो पहिलो ठूलो राजनीतिक सम्मेलन पनि हुनेछ, १० वर्षयता।

यसअघि पहिलो राष्ट्रपति डा. रामवरण यादवले चीन भ्रमण गरेका थिए तर उनी राजधानी बेइजिङ भने पुगेनन्। पहिलो पटक सन् २०१० मा सांघाई वल्र्ड एक्स्पोमा सहभागी हुन चीन आएका उनी दोस्रो पटक बोआओ एशिया फोरममा सहभागी हुन हाइनान पुगेका थिए।

बेइजिङमा पत्रकारलाई ब्रिफिङ दिँदै चीनका परराष्ट्रमन्त्री वाङ यी (तस्बिरः सिन्ह्वा)

बेइजिङमा जारी चीनका दुई ठूला राजनीतिक अधिवेशनका दौरान चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पत्रकार सम्मेलन गरेर दोस्रो बीआरआई मञ्चका तीन विशेषताबारे प्रकाश पारे। उनले भने, ‘अझ उच्चस्तरीय, अझ वृहत् परिमाण र अझ प्रचूर कार्यक्रमको सहभागिता भन्ने ३ वटा विशेषता समेटेर बीआरआई सम्मेलन गर्ने चीनको तयारी छ।’

चीनले सन् २०१९ भित्र गृहमैदानमा भव्य कूटनीतिक गतिविधि गर्ने योजना बमोजिम बीआरआई मञ्चको तयारीलाई लिइरहेको छ। हरेक वर्ष मार्चमा हुने चीनका दुई ठूला अधिवेशनका दौरान परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन अक्सर मार्च ८ तारिखका दिन पर्ने गर्दछ।

प्रेस ब्रिफिङमा परराष्ट्रमन्त्री वाङ यीले अप्रिल अन्तमा हुने बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा ठूलो मात्रामा विदेशी उच्चपदस्थ नेताहरू बेइजिङमा भेला हुने बताए। उनले भने, ‘झण्डै १ सय भन्दा बढी देशबाट हजारौं नेता तथा प्रतिनिधिहरू सहभागि हुने निश्चित प्रायः भएको छ।’

मञ्च अन्तर्गत नै नेतागणबीचको गोलमेचका साथै व्यवसायिक समुदायको उपस्थितिमा उद्योगी सम्मेलन पनि हुने भन्दै परराष्ट्रमन्त्री वाङले गुणस्तरीय विकास नै यस वर्ष चीनले अंगाल्ने प्रमुख मुद्धा हुने जानकारी दिए।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 07:24:19
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...