नयाँ माओवादी जन्मनुमा ठुला दलको दोषः थापा



पोखरा वाशुदेव मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको माओवादीको उदय हुनुमा ठूला दलहरुको दोष भएको बताएका छन्।

‘१२ वर्षमा तपाईँले (ठूला दलहरुले) भनेजस्तै भयो’, उनले भने, ‘माओवादी त कामधन्दा सकेर एमालेमा विलय भयो तर किन अर्को माओवादीको उदय भयो?’ उनले बितेका १२ वर्षमा जनतालाई निरासा मात्र दिइएको आरोप पनि लगाए।

मेची–काली राष्ट्रिय स्वाभिमान अभियानको क्रममा मंगलबार पोखरा आइपुगेका थापाले देशमा यतिबेला लोकतन्त्रको नाममा लुटतन्त्र चलेको दावी पनि गरे।

‘देशमा भ्रष्टाचार यति व्यापक भएको छ कि, वाइडबडी भन्नासाथ जनताले भ्रष्टाचार भन्ने बुझ्न थालेका छन्, उनले भने, ‘एनसेलदेखि यहाँ भ्रष्टाचारका काण्डैकाण्ड भएका छन।’

मुक्तिको लागि भन्दै बन्दुक बोकाइएकाहरु खाडीतिर लागेको र नेताहरु रातारात अर्बपति भएको जिकिर पनि गरे। ‘तपाईँ ४० अर्ब हुन कतिवटा शुन्य चाहिन्छ भन्न सक्नुहुन्छ?’, आमसभामा उपस्थितहरुतिर फर्किएर उनले भने, ‘हिजो मुक्तिको नारा दिने नेताहरु १०–१२ वर्षमा जादुगरी ढंगबाट अर्बपति भएका छन्।’

देशमा गरिबी र बेरोजगारी बढेको, धार्मिक साँस्कृतिक परम्परामाथि अतिक्रमण भएको, महंगी बढेको, तथा देशमा अधिनायकवादको खतरा समेत बढ्दै गएको जिकिर गरे। ‘म अहिले नै अधिनायवाद आयो त भन्दिन तर सरकारका गतिविधीले त्यसको संकेत गरेको छ’, उनले भने, ‘नयाँरुपमा माओवादीको उदय हुनु झन् डरलाग्दो भएको छ। ‘उनले हिजोको माओवादी सबै कामधन्दा सकेर एमालेमा विलय भएपछि विप्लव नेतृत्वमा किन माओवादीको उदय भयो भन्ने प्रश्न गर्दै बितेका १२ वर्षमा जनतालाई निरासा मात्र दिइएको आरोप लगाए।

नेपालकै इतिहासमा पहिलो पटक राष्ट्र बिखण्डनको आवाज सतहमा आउनुको दोष पनि नेकपा र कांग्रेसजस्ता ठूला दलहरुलाई नै दिए। ‘म पनि दोषको भाग लिन तयार छु तर यो १२ वर्षमा भएका गल्तीको जिम्मा ठूला दलहरुले लिनैपर्छ’, उनले भने।

उनले पुरानै अवस्थाको राजतन्त्र फर्कने सम्भावना नभएको बताउँदै राष्ट्रिय एकताको लागि भने राजा चाहिने तर्क दोहोर्‍याए। हिन्दुराष्ट्र भने राष्ट्रिय एकताको लागि भएको उनको भनाई थियो। कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङले हिन्दुराज्यले मात्र देशमा एकता कायम गर्ने तर्क गरे।

नेता तथा सांसद राजेन्द्र लिङ्देनले देश माटो र भूगोल भएर मात्र नरहने तर्क गर्दै देश बचाउन हिन्दु राज्य र राजा चाहिने बताए।

प्रकाशित २९ फागुन २०७५, बुधबार | 2019-03-13 20:42:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।