प्रधानन्यायाधीशको निर्देशन: अवकाशको मुखमा सुनुवाई हाेइन, फैसला लेख्नुहाेस्



चोलेन्द्र शमशेर जबरा
चोलेन्द्र शमशेर जबरा
रत्न श्रेष्ठ/रासस

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले अवकाशको मुखमा रहेका न्यायाधीशहरुले इजलासमा बस्नुभन्दा बाँकी रहेका काम पुरा गर्न निर्देशन दिएका छन्।

प्रधानन्यायाधीश राणाले बुधबार उच्च अदालतका मुख्य न्यायाधीश र मातहतका न्यायाधीशलाई निर्देशन दिँदै अवकास हुने अन्तिम दिनसम्म न्यायाधीशले इजलासमा बसी मुद्दाको नियमित सुनुवाई र फैसला गर्ने कार्य गर्नुभन्दा आफुले गरेका फैसला वा आदेशहरु तयार गर्ने र अवकासको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्नु बढी व्यवहारिक र उपयुक्त हुने बताएका हुन्।

उनले यसप्रकारको व्यवस्थापनले मुद्दाका पक्षहरुले समयमा फैसला वा आदेश प्राप्त गर्ने र न्यायाधीश अवकास हुँदा कै अवस्थामा न्यायिक काम कारबाहीको दायित्वबाट समेत अलग हुन पाउने अवस्था सिर्जना हुने बताए।

'न्यायाधीशको अवकासको तयारी, अवकासपछि फैसला लेखन लगायत मुद्दासम्बन्धी कामको दायित्व नरहने अवस्थाको सिर्जना तथा अन्य व्यवस्थापकीय पक्षको सहजता समेतको दृष्टिकोणबाट न्यायाधीश अनिवार्य अवकास हुने मितिभन्दा सामान्यतया एक महिना अगाडिदेखि मुद्दाको नियमित सुनुवाई गर्ने कार्यबाट अलग रहने गरी त्यहाँ र मातहत अदालतहरुमा समेत आवश्यक व्यवस्थापन गर्नुहोला' उनले निर्देशन दिँदै भने।

न्यायपालिकामा कार्यरत न्यायाधीश तथा कर्मचारीहरुले सामाजिक सञ्जालहरुमा अदालतसम्बन्धी बिषय राख्दा न्यायपालिकाको शाख, न्यायपालिकाप्रतिको आस्था तथा न्याय सम्पादनमा पर्ने प्रभावको बारेमा ध्यान दिन पनि उनले सुझाए। न्यायाधीश तथा कर्मचारीको आचारसंहिता, अनुशासनसँग समेत सम्बन्धित रहेको हुँदा यसमा थप गम्भिरता र संवेदनशील रहन आवश्यक रहेकाले त्यस्ता कामकारबाहीहरुको अनुगमन र नियमन गर्न समेत निर्देशन दिए।

प्रधानन्यायाधीश राणाले अदालतमा विचौलियाको कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिहरुको पहिचान गरी अदालतमा प्रवेश रोक लगाउने सम्बन्धमा प्रभावकारी रुपमा कार्य गर्नु गराउनका लागि मुख्य न्यायाधीशलाई निर्देशन दिए।

‘न्यायिक काम कारबाहीहरुको अनुगमन र नियमनलाई प्रभावकारी बनाई न्यायिक सुशासनको अभिवृद्धिमा जोड दिनुहोला,’ राणाले निर्देशनमा भनेका छन् ‘मुख्य न्यायाधीशले आफनो र मातहतका अदालतका न्यायाधीश र कर्मचारीहरुको आचरण, अनुशासनको पालना गरे नगरेको तथा न्यायिक कामकारबाहीमा अनियमितता भए नभएको विषयमा निरन्तर अनुगमन, मुल्याङ्कन र निगरानी गरौं।’

आचरण र अनुशासनको पालना नगरेको वा अनियमितता वा विचलनजन्य कार्य गरेको पाईएमा आफुले कारबाही गर्नसक्ने हदसम्म कारबाही गरी सोको जानकारी गराउने र अन्यको हकमा सिफारिस सहितको प्रतिवेदन पेश गर्न समेत राणाले निर्देशन दिए।

न्यायपरिषद् ऐन, २०७३ को दफा३१ को उपदफा (१) मा कुनै पनि न्यायाधीशले उमेरको कारण अवकास प्राप्त गर्ने विषयको जानकारी परिषदबाट अग्रिम रुपमा गराउनुपर्ने व्यवस्था रहेको छ। यस व्यवस्थाको आशय अनुरुप न्यायाधीशले उमेरहदका कारण अवकास प्राप्त गर्दा न्यायाधीशको अवकासको तयारी र तत्सम्बन्धी काम कारबाहीको उपयुक्त एवम् आवश्यक ढंगको व्यवस्थापन गर्न सकिन्छ।

प्रकाशित २९ फागुन २०७५, बुधबार | 2019-03-13 19:56:44
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।