राजदूत आचार्यले बुझाए भारतीय राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र



निलाम्बर आचार्य
निलाम्बर आचार्य

कार्यभार सम्हाल्न नयाँदिल्ली पुगेको तीन हप्ता पछि भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले ओहोदाको प्रमाण पत्र पेश गरेका छन्।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राजदूत आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

त्यस अवसरमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताको तर्फबाट भारतीय राष्ट्रपतिको सुस्वास्थ्यको र भारतको समृद्धिको कामना गरेका थिए।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तीका अनुसार, राष्ट्रपति कोबिन्दले राजदूतको जिम्मेवारी पाएकोमा आचार्यलाई बधाई तथा शुभकामना प्रकट गरेका थिए।

संविधान सभाबाट नयाँ संविधान निर्माण र गत साल भएको निर्वाचन लगत्तै नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढेको जानकारी दिँदै राजदूत आचार्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्देश्य सहित नेपाल अघि बढेको जानकारी गराएका थिए।

कार्यभार सम्हाल्नका लागि राजदूत आचार्य ५ फागुनमा नयाँदिल्ली प्रस्थान गरेका थिए।

प्रकाशित २९ फागुन २०७५, बुधबार | 2019-03-13 17:21:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...