जनमतमा आधारित लोकतान्त्रिक विधि भनेको जनमत संग्रह नै होः कांग्रेस

सरकार र राउतलाई सहमतिको साझा व्याख्या गर्न कांग्रेसको आग्रह



विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको साझा व्याख्या गर्न माग गरेको छ।

बुधबार पार्टी केन्द्रीय मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सहमतिको सरकार र राउतपक्षबीच फरक फरक व्याख्या आएको भन्दै साझा व्याख्याको माग गरेको हो।

सरकारले पृथकतावादी आन्दोलनमा हिँडेकालाई शान्तिपूर्ण मूलधारमा ल्याएको दावी गरिरहेकै समयमा राउतका कार्यकर्ताले स्वतन्त्र मधेस देशको माग गर्दै प्रदर्शन गरेपछि कांग्रेसले यसबारे प्रस्ट पार्न माग गरेको हो।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले विखण्डनवादलाई संस्थागत गर्न खोजेको आरोप लगाए।

उनले यही बुँदालाई टेकेर सीके राउतले जनमत संग्हको कुरा गरेको भन्दै यो बुँदालाई दुवै पक्षको उपस्थितिमा ब्याख्या गरिनुपर्ने बताए।

११ बुँदे सहमतिको दोस्रो बुँदामा ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने उल्लेख छ। यही बुँदालाई सरकार र राउत पक्षले फरक अर्थ लगाएपछि समस्या उत्पन्न भएको कांग्रेसको दावी छ।

प्रवक्ता शर्माले जनअभिमतमा आधारित विधिको अर्थ जनमत संग्रहनै लाग्ने दावी गरे। उनले भने, ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भन्नाले जनमतसंग्ह नै भन्ने अर्थलाग्छ, उनले भने, ‘यसमा कि सरकार फसेको हो होइन भने आफैँ राष्ट्रधाती षड्यन्त्रमा लागेको हो।’

सरकारले राउतका कार्यकार्ताले स्वतन्त्र मधेसका पक्षमा नारा लगाएको ३ दिन बित्दा पनि कुनै प्रतिक्रिया व्यक्त नगरेको भन्दै कांग्रेसले आक्रोश समेत व्यक्त गरेको छ। 

प्रकाशित २९ फागुन २०७५, बुधबार | 2019-03-13 17:07:32
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...