कमल थापाको 'यूटर्न'ले सत्तारुढ दुई तिहाइ नजिक



राप्रपा नेपाल र राप्रपाबीच तत्काल कुनै असझदारी नदेखिए मंसिर पहिलो साताभित्रै कमल थापा सत्तारुढ तेस्रो ठूलो दलका नेता बन्ने पक्का छ। यसले दुई दलभित्र मात्रै नभई राष्ट्रिय राजनीतिमै महत्वपूर्ण अर्थ राख्ने देखिन्छ।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठ घोषणा मात्रै बाँकी रहेको एकीकरण प्रक्रिया नरोकिने बताउँछन्। ३० कात्तिकमा राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले एकताको संयुक्त बक्तव्य जारी गरेको भोलिपल्टै संयुक्त बैठकबाट घोषणा तयारीलाई तीब्रता दिने निर्णयले समेत असारमसान्तको घटना नदोहोरिनेमा दुवै दलका नेताहरु विश्वस्त छन्।

‘मूलतः अहिले हामी पार्टी एकिकरणको प्रक्रियामा छौ, एकिकरणले राष्ट्रिय राजनीतिलाई कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट आंकलन त विश्लेषकहरुले गर्ने हो’ श्रेष्ठले भने, ‘तर जे हुन्छ सकारात्मक राजनीतिका लागि हुन्छ भन्ने अपेक्षा गरौं।’

थापा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेको एमाले नेतृत्व सरकारबाट २८ असारमा समर्थन फिर्ता लिदै नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वको सरकार गठनतिर लाग्दा यी दुई दल दुईतिर फर्किएका थिए। थापा एमालेसँगै प्रतिपक्ष र राणा माओवादीसँगै सरकारमा सहभागी हुँदा नजिक पुगेको पार्टी एकीकरण टाढियो।

सँगै, २५ सीटसहित संसदको चौथो ठूलो दलका नेता थापाको प्रतिपक्षी भूमिकाले सत्तारुढलाई समेत संसदको दुई तिहाइबाट असंभव तुल्याइदिएको थियो। तर, दुई दलको एकीकरणपछि कुन संसदीय मोर्चामा रहने भन्ने संशय चिर्दै थापा दलको नेता बन्दै सत्तारुढको भूमिकामा रहने निर्णय राष्ट्रिय राजनीतिका लागि अर्थपूर्ण छ।

नेपाली कांग्रेससहित १६ दलको प्रस्ताव–समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुँदा ३६३ मत पाएका थिए, जबकी यी दलहरुसँग ३६६ मत छ। त्यो बेला विपक्षमा मतदान गरेको राप्रपा नेपालको २५ सीट अब सरकारतिर थपिदा ३९१ पुग्छ भने एमालेसहितको प्रतिपक्षसँग १९९ सीट मात्रै बाँकी रहन्छ।

खासगरी संविधान संसोधनको सकसमा परेको वर्तमान सत्ता गठबन्धनलाई यो गणित प्रतिपक्षी एमालेलाई गलाउने दह्रो सूत्र पनि बन्न सक्छ। यद्यपी कतिपय सत्तापक्षीय नेताहरु प्रतिपक्षी एमालेको सहमती मात्र संविधान संसोधन गर्ने पक्षमा छन्।

संसद सचिवालयको नियमावलीअनुसार हाल कायम रहेको सांसद संख्या ५९५ को दुई तिहाई अर्थात् ३९६ मतले संविधान संशोधन पारित हुनसक्छ। संख्याकै कुरा गर्दा सरकारलाई दुई तिहाई पुग्न नरोक्ने कांग्रेस नेता बालकृष्ण खाण बताउँछन्। तर, आफूहरू त्यस्तो खेलमा नलाग्ने उनको भनाइ छ। ‘मधेशी मोर्चाको असहमतिले त अहिले यस्तो अवस्था छ। एमालेको असहमतिमा हुने संशोधनले अर्थ राख्दैन’ मन्त्री खाँडले भने ‘प्रमुख दलहरुबीच सहमतिकै प्रयास भइरहेको छ।’

प्रधानमन्त्री दाहालले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक–पटक भेटबार्ता गरिसके। संशोधनबारे नै छलफल भइरहेको र सकारात्मक बातावरण तय हुँदै गएको प्रधानमन्त्रीले बताउदै आएका छन्। तर एमाले नेताहरु भने संविधान संसोधनलाई अझै प्रतिपक्षी राजनीतिको मुद्धा बनाउने ‘मुड’मा देखिन्छन्।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल संसद संख्या दुई तिहाई पु¥याउनेतिर सरकार लागेपनि राष्ट्रहित विपरीत संशोधन हुन नदिने पूर्वअडान नछोड्ने बताउँछन्। भन्छन्, ‘कमल थापाले हामीसँग काम गर्दा अनुभव गर्नुभएकै होला। तर, उहाँ पनि राष्ट्रहित विपरीतका एजेन्डा सहमत हुनुहुन्न भन्ने लाग्छ।’ उनको तर्क संख्यामा भन्दा देशहितको पक्षमा पार्टीले निर्णय लिनुपर्छ भन्ने छ।

सरकारपक्ष
नेपाली कांग्रेस–२०७
नेकपा माओवादी केन्द्र–८१
(राप्रपा–राप्रपा नेपाल)–३७
संघीय समाजवादी फोरम नेपाल–१५
मधेशी जनाधिकार फोरम लोकतान्त्रिक–१४
तमलोपा–११
सद्भावना–५
तमसपा–३
रामसपा–३
मधेशी जनाधिकार फोरम गणतान्त्रिक–१
संघीय सद्भावना–१
थरुहट तराई पार्टी–२
नेपा पार्टी–१
नेकपा संयुक्त–३
अखण्ड नेपाल–१
खम्बुवान नेपाल–१
जनजागरण पार्टी–१
समाजवादी जनता दल–१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१
दलित जनजाति पार्टी(लोकतान्त्रिक)–१

एक स्वतन्त्र–१

जम्माः ३९१

प्रतिपक्ष
नेकपा एमाले–१८२
नेकपा माले–५
नेमकिपा–४
राष्ट्रिय जनमोर्चा–३
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक–२
नेपाल परिवार दल–२
मधेश समाता पार्टी नेपाल–१

जम्माः १९९


ओनसरी घर्तीमगर सभामुख र संसदमा दुई सांसद निलम्वित छन् भने अन्य एक÷एक सीटका दुई साना दल अनिर्णित हुँदै आएका छन्।

प्रकाशित १ मंसिर २०७३, बुधबार | 2016-11-16 19:24:24

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...