चार नेताद्वारा ओली–प्रचण्डसँग नेकपा सचिवालय बैठक बोलाउन माग



प्रचण्ड र ओली
प्रचण्ड र ओली

दुई हप्ता बित्न लाग्दा पनि बैठक नबोलाएपछि नेकपा नेताहरुले केन्द्रीय सचिवालयको बेठकका लागि नेतृत्वसँग माग गरेका छन्।

एकता लागि गठन गरिएका कार्यदलको विघटन १० फागुनमा गरिएयता एकताका सम्बन्धमा छलफल गर्न सचिवालयको बैठक नडाकिएपछि नेताहरुले बैठकको माग गरेका हुन्।

स्रोतका अनुसार, केन्द्रीय सचिवालयमा रहेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताले एकता सम्बन्धी छलफलका लागि बैठक माग गरेका छन्।

उनीहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सँगका कुराकानीमा अनौपचारिक तवरमा बैठकको माग गर्ने गरेका हुन्।

१० फागुनको बैठकले एकताका लागि गठन गरिएको कार्यदल विघटन गर्नुका साथै त्यो निर्णय अनुमोदन स्थायी समितिबाट गराउने निर्णय गरेको थियो।

गृहमन्त्री रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदल २९ मंसिर–१३ पुषमा सम्पन्न स्थायी समितिको बैठकले निर्माण गरेको थियो।

तर, कार्यदलले काम सम्पन्न गर्न नसकेपछि विघटन सम्बन्धी केन्द्रीय सचिवालय बैठकको निर्णयलाई स्थायी समितिबाटै अनुमोदन गराउने निर्णय भएको हो।

एकता सम्बन्धी निर्णय स्थायी समितिले गर्नुपर्ने भएपनि त्यस सम्बन्धी प्रस्ताव केन्द्रीय सचिवालयको तर्फबाट जानुपर्ने हुन्छ, तर अध्यक्षद्वयले बैठक नै आयोजना गरेका छैनन्।

‘त्यही भएर हामीले अनौपचारिक तबरमा केन्द्रीय सचिवालयको माग गरेका छौँ’ नेकपाका एक नेताले भने, ‘तर, नेताहरुले बैठक डाक्नु भएको छैन।’

तर, यो हप्ताअन्तसम्म पनि नेताहरुले बैठक डाक्ने सम्भावना छैन, किनभने, अध्यक्षद्वय ओली र प्रचण्ड पूर्वी तराईको भ्रमणमा जाँदैछन्।

अध्यक्षद्वयले एकता भन्दा सरकार, पारिवारिक काम र विदेश भ्रमणलाई प्राथमिकता दिँदा एक बर्ष बित्न लाग्दा पनि पार्टी एकताले पूर्णता पाउन सकेको छैन।

३ जेठ (०७५) मा एकता तत्कालिन एमाले–माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि तीन महिनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने भनिएको थियो।

तर, ९ महिना बित्न लागिसक्दा समेत एकताले पूर्णता प्राप्त गर्न सकेको छैन। र, यसले गर्दा कार्यकर्ता पंक्तिमा निराशा छाउन थालेको छ।

एकताका लागि गठन गरिएको कार्यदल १० फागुनमा भङ्ग गरिएपछि त्यस सम्बन्धी जिम्मेवारी फेरि अध्यक्षद्वयले लिन चाहेका छन्।

तर, त्यस सम्बन्धी निर्णय पनि सचिवालय र स्थायी समिति बैठकबाट गर्नुपर्ने हुन्छ त्यही कारण नेताहरुले बैठकको माग गरेका हुन्।

प्रकाशित २३ फागुन २०७५, बिहिबार | 2019-03-07 18:40:56
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...