विप्लवलाई नेकपामा आउन आग्रह गर्दै ओलीले भने: चक्कु देखाएर चन्दा नमाग्नुस्



केपी शर्मा ओली
केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चक्कु देखाएर चन्दा माग्ने गतिविधि नगर्न सशस्त्र गतिविधि गरिरहेका नेत्रबिक्रम चन्द (बिप्लब) सँग आग्रह गरेका छन्।

शहीदका सपना पुरा गर्नकै लागि एमाले र माओवादीबीच एकता गरिएको बताउँदै ओलीले बिप्लबलाई सुझावपनि दिएका छन्।

४६ औँ सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्।

‘लुटपाट गर्ने, चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्युनिष्ट भन्न सकिँदैन’ ओलीले भने, जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गरौँ।

‘म यो सही भूमिबाट फेरि एक पटक आह्वान गर्छु’ ओलीले बिप्लबप्रति लक्ष्यित गर्दै भने, ‘कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुस्।’

झापा आन्दोलनका क्रममा आफूहरुले पञ्चायतको अन्त्य र गणतन्त्रको स्थापनाको माग गरेको बताउँदै उतिबेला मारिने सम्भावना रहेको दावी पनि उनले गरे।

झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको र तिनै सपना पुरा गर्न पार्टी एकता भएको बताए।

सरकारले देशैभरि विकासको माहोल बनाएको दावी गर्दै ओलीले केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भन्ने गरेको आरोप लगाए।

प्रकाशित २१ फागुन २०७५, मंगलबार | 2019-03-05 19:36:49
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...