बेइजिङमा सुरु हुँदै चीनका दुई ठूला अधिवेशन


Kshamadevi Group


सीपीपीसीसीले शनिबार बेइजिङमा आयोजना गरेको प्रेस ब्रिफिङ
सीपीपीसीसीले शनिबार बेइजिङमा आयोजना गरेको प्रेस ब्रिफिङ
सिन्ह्वा

चीनका दुई ठूला अधिवेशन आइतबार चीनको राजधानीमा बेइजिङमा शुरू हुँदैछन्। सदा झैं चीनमा हुने वार्षिक राजनीतिक सम्मेलनले विश्वको ध्यानाकर्षण गर्ने भएपनि यसपटक अन्य अन्तर्राष्ट्रिय विषयले ध्यान विकेन्द्रित गरेको सहजै अनुमान गर्न सकिन्छ।

मार्च ३ तारिखदेखि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन(सीपीपीसीसी) १३औं राष्ट्रिय समितिको दोश्रो बैठक शुरू हुनेछ। र मार्च ५ तारिखदेखि नेसनल पिपुल्स काङ्ग्रेस (एनपीसी) अर्थात् चिनियाँ जनकाङ्ग्रेसको दोश्रो अधिवेशन हुनेछ।

सीपीपीसीसीले शनिबार बेइजिङमा आयोजित प्रेस ब्रिफिङमा सम्मेलनका एजेण्डाबारे जानकारी दिएको छ।

तीन तारिखदेखि चल्ने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसी चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनीतिक परामर्शको एउटा वृहत् अङ्ग हो। यसले चीनका बहुपार्टीबीचको सहयोग तथा राजनीतिक परामर्श संयन्त्रमा सहजीकरण गर्ने भएकाले यसको त्यति ठूलो चर्चा हुँदैन जति एनपीसीको हुने गर्दछ। यो सम्मेलन रहेर १०–१२ दिनसम्म पनि चलिरहँदा ५ तारिखदेखि नै एनपीसीको बैठक शुरू हुनेछ।

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक विधानसभा भएकाले देशभरिबाट छानिएका प्रतिनिधिहरूले सरकार तथा न्यायिक प्रणाली र राज्यका मुख्य मुद्धाहरुमाथि छलफल गर्दछ। एनपीसीमा केन्द्रिय सरकारको वार्षिक कार्यप्रतिवेदनमाथि समीक्षा हुनेछ। जनजीविकाका अनेक सवाल, गार्हस्थ उत्पादन, बजेट विनियोजन तथा वार्षिक समीक्षाहरू हुनेछन्।

चीनले सन् २०२० देखि पुरै मुलुक गरिबीमुक्त पार्ने लक्ष लिएकाले यो वर्ष अन्तिम आधार वर्ष हो। यस वर्ष जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव भएकाले चीनका लागि अत्यन्त व्यस्त वर्ष पनि हो।

यस वर्ष चीनले खुलापनलाई बढाउँदै जाने योजना बनाएको छ। त्यसको लागि अद्यावधिक वैदेशिक लगानी सम्बन्धी कानुनको मस्यौदा पनि तयार भएको छ। चिनियाँ संचारमाध्यममा पहिला पहिला यी अधिवेशन नजिकिँदै गर्दा आसन्न एजेण्डाहरूमाथि धेरै चर्चा परिचर्चा गर्ने गरेको देखिएपनि यसपटक त्यति बाक्लो देखिँदैन।

प्रकाशित १८ फागुन २०७५, शनिबार | 2019-03-02 15:56:35
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।