हतियार खरिदको गाँठो फुकाउन अमेरिकी मन्त्रीसँग छलफल



ईश्वर पोखरेल तथा जोसेफ फेल्टर रक्षा मन्त्रालयमा भएको भेटवार्तामा
ईश्वर पोखरेल तथा जोसेफ फेल्टर रक्षा मन्त्रालयमा भएको भेटवार्तामा

नेपाल भ्रमणमा रहेका दक्षिण तथा दक्षिणपूर्वी एशिया मामिलासम्बन्धी अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ फेल्टरले हतियार खरिद भुक्तानीमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग सोमबार बिहान भएको भेटवार्तामा उनले वैकल्पिक व्यवस्था गरेर भए पनि समस्या समाधान गरिने बताएका हुन्।

आइतबार काठमाडौं आइपुगेका उनी आठ वर्षयता नेपाल भ्रमण गर्ने सबैभन्दा बरिष्ठ अमेरिकी रक्षा अधिकारी हुन्।

नेपाली सेनाले २ अर्ब १९ करोड रुपैयाँ बराबरका अमेरिकामा निर्मित अत्याधुनिक हतियार खरिद प्रक्रिया अघि बढाएको छ। अमेरिकाले सो प्रस्तावमा स्वीकृति दिए पनि भुक्तिानी प्रक्रियामा दुवै पक्ष सहमतिमा पुग्न सकिरहेका छैनन्।

नेपालले विद्यमान सार्वजनिक खरिद ऐनअनुसार किस्ताबन्दीमा भुक्तानी गर्न चाहेको छ। अमेरिकाले एकमुष्ठ रुपमा रकम प्राप्त गरेपछि मात्रै हतियार दिन सकिने बताउँदै आएको छ।

‘हतियार खरिद भुक्तानीमा रहेको समस्याबारे भेटवार्तामा कुरा उठेको छ’, रक्षा मन्त्रालय स्रोतले नेपालखबरसँग भन्यो, ‘अमेरिकी उप सहायक रक्षामन्त्रीले वैकल्पिक व्यवस्था गरेर भए पनि अहिले देखिएको समस्याको चाँडो समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ।’

फेल्टरलाई रक्षामन्त्री पोखरेलले अर्थ मन्त्रालय र राष्ट्र बैंक नै ग्यारेन्टी बस्ने जानकारी दिएर किस्ताबन्दीमा आश्वस्त पारेको स्रोतले बतायो।

‘नेपालले डेढ दशकपछि अमेरिकाबाट हतियार खरिद प्रक्रिया अघि बढाएको हो। यो कारोबारमा दुवै पक्ष उच्च विश्वासमा छन्। सानातिना प्रावधानले अल्झिएको हो। मन्त्री तहमा भएको भेटवार्ताले यो समस्या सल्टिने देखिएको छ’, रक्षा स्रोतले भन्यो।

सरकारले नेपाली सेनाका लागि एम सिक्सटिन, ए फोर र एम फोर कर्बाइन अत्याधुनिक राइफलहरु खरिद गर्न खोजेको छ। नेपालले अमेरिकाबाट २ अर्ब १९ करोड रुपैयाँका हतियार खरिद गर्ने तयारी गरिरहेको हो। नेपालले अमेरिकाबाट ६ हजार २ सय ९२ नाल राइफलको डिल अघि बढाएको हो।

हाल नेपाली सेनाले प्रयोग गर्दै आएको इन्सास र एसएलआर विस्थापित गर्न नयाँ हतियार खरिद प्रक्रिया थालेको हो। चार वर्षभित्र पुरानो हतियारलाई विस्थापित गर्ने योजनाअनुसार सेनाले अमेरिकाबाट हतियार भित्र्याउन खोजेको हो। इन्सास भारत र एसएलआर बेलायतमा निर्मित हतियार हो। व्यवहारिक उपयोगको हिसाबले इन्सास प्रभावकारी देखिएको छैन।

यसअघिका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाबाट हतियार खरिद प्रक्रियाबारे असारमा रक्षा मन्त्रालयमा खाका प्रस्तुत गरेका थिए। अमेरिकाको इन्डो प्यासिफिक कमाण्डले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको ठिकअघि नेपाली सेनालाई हतियार बिक्री गर्न अनुमति प्रदान गरेको जनाएको थियो। अमेरिकाले इन्डो प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका रहने बताइरहँदा हुन लागेको हतियार खरिदलाई चासोका साथ हेरिएको छ।

कतिपय यसलाई दुवै देशका सेनाबीचको सम्बन्ध सुदृढ हुने कडीको रुपमा अर्थ लगाइरहेका छन्।

प्रधान सेनापतिसँग भेट
भेटवार्ताका क्रममा अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ फेल्टरले इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालको सुरक्षा क्षेत्र, प्रतिरक्षा विश्वविद्यालय स्थापना र नागरिक सैन्य सम्बन्ध शीर्षकमा सहयोगका लागि तयार रहेको उल्लेख गरेका थिए। सोमबार नै उनले जंगी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरे। भेट अवसरमा उनले शान्ति सेनामा परिचालन हुने नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोगका लागि अमेरिका तयार रहेको बताएकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित १३ फागुन २०७५, सोमबार | 2019-02-25 22:47:20
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...