अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान



राजनारायण पाठक
राजनारायण पाठक

७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

आयोगले एकजना सहसचिव नेतृत्वमा तीन सदस्यीय टोली बनाएर अनुसन्धान सुरु गरेको हो।

आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालले पाठकबिरुद्ध औपचारीक अनुसन्धान सुरु भएको पुष्टि गरेका छन्। उनले आयोगले अनुसन्धान अधिकृत तोकेरै अनुसन्धान सुरु गरेको बताए।

‘टोली बनाएरै अनुसन्धान सुरु गरेका छौं,’ सहसचिव दंगालले नेपालखबरसँग भने ‘उहाँको पुष्ठभूमिदेखि कै छानबिन हुन्छ।’

आयोगकाे मंगलबार बिहान बसेकाे बैठकले अनुसन्धान अघि बढाउने निर्णय गरेकाे हाे। प्रमुख आयुक्त नवीनकुमार घिमिरे र आयुक्तद्वय डा. गणेशराज जाेशी र डा. सावित्री थापा गुरुङले निर्णयमा हस्ताक्षर गरेर प्रक्रिया अघि बढेकाे हाे। 

आयोगले गैर कानूनी आर्जन र भ्रष्टाचारमा एकसाथ अनुसन्धान थालेकाे हाे। 

राजीनामा दिएका आयुक्त पाठकविरूद्ध छानबिन हुन सक्ने/नसक्नेबारे सोमबार अख्तियारले महान्यायाधिवक्ताको कार्यालयबाट राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले नेपालको संविधान र भ्रष्टाचार निवारण भ्रष्टाचार निवारण ऐनअनुसार पाठकविरूद्ध अनुसन्धान हुनसक्ने राय दिएको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले चाँगुनारायाण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख घुस लिएको विषय फागुन १ गते नेपालखबरले सार्वजनिक गरेको थियो। फागुन ३ गते उनले पदबाट राजीनामा दिएका थिए।

राजीनामा दिएका पाठकविरुद्ध छानबिन र कारबाही हुनुपर्ने माग भइरहँदा सोमबार संसदमा समेत यो विषय उठेको थियो। सांसदहरुले भ्रष्टाचार निवारण गर्ने संस्था अख्तियारलाइ बद्नाम गराउने पाठकविरूद्ध तत्काल कारवाही अघि बढाउने पर्ने बताएका थिए।

 

सम्बन्धित समचार

(एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

स्टिङ अपरेसन भिडियोकाे पूर्ण पाठ: मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ

पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

प्रकाशित ७ फागुन २०७५, मंगलबार | 2019-02-19 11:03:51
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...