पाठकलाई कारबाही गर्न बाटो खुला



राजनारायण पाठक
राजनारायण पाठक

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्तको हैसियतमा रहँदा ७८ लाख रुपैयाँ घूस लिने राजनारायण पाठकमाथि छानबिन र कानुनी कारबाही अघि बढाउन बाटो खुला भएको छ।

महान्यायाधिवक्ता कार्यालयले सोमबार आयोगलाई कानुनी राय उपलब्ध गराउँदै पद छोडेका पाठकविरुद्ध अनुसन्धान अघि बढ्नसक्ने राय दिएसँगै उनीविरूद्ध कानुनी कारबाही हुने/नहुने अन्याेल अन्त्य भएको हो।

केही कानुनविद्हरुले विद्यमान कानुनी संरचनाबाट आयुक्तले राजीनामा दिएको अवस्थामा छानबिन हुन नसक्ने बताएपछि अख्तियारले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो।

‘पाठक प्रकरणलाई लिएर अख्तियारले एउटा पत्र पठाएर राय मागेको थियो’, महान्यायाधिवक्ता अग्नि खरेलले नेपालखबरसँग भने, ‘यो जनचासोको विषय पनि भएकाले हामीले आजै लेखेर राय पठाइदिएका छौं।’

महान्यायाधिवक्ता कार्यालयले ४ः३० बजे अख्तियारलाई जवाफ पठाएको हो। रामशाहपथबाट पठाएको पत्र कर्यालय समयभन्दा केही अगाडि टंगालस्थित आयोग कार्यालय पुगेको छ।

स्रोतकाअनुसार संविधानको धारा २३९ र भ्रष्टाचार निवारण ऐन २०५९ उदृत गर्दै पाठकविरूद्ध कानुनी कारबाही अघि बढ्न सक्ने राय महान्यायाधिवक्ता कार्यालयले दिएको छ।

‘भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने भनेर संविधान, कानुनहरूले कहीँ कतै परिकल्पना गरेका छैनन्। संविधानको धारा २३९ को उपधारा २ मा पदमुक्त आयुक्तमाथि अख्तियारले नै अुसन्धान गर्न र गराउन सक्ने व्यवस्था छ’, राय उदृत गर्दै स्रोतले भन्यो।

पाठकले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको पाँच दिनपछि कारबाहीको कानुनी आधार खोज्दै महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको थियो। आइतबार र सोमबार दुई दिनसम्मको बृहद् छलफलपछि अख्तियार नेतृत्व कानुनी परामर्श लिने निष्कर्षमा पुगेको थियो। सोहीअनुसार सोमबार महान्यायाधिवक्ता कार्यालयलाइ पत्र पठाइएको थियो।

भक्तपुरस्थित नेपाल इन्जिनिरिङ कलेजको स्वामित्व विवाद विषयमा लम्बोदर न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएको फागुन १ मा नेपालखबरले खुलासा गरेको थियो। फागुन ३ मा पाठकले राजीनामा दिएका थिए। 

पाठक प्रकरणका थप सामग्री:

१. (एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

२. स्टिङ अपरेसन भिडियोकाे पूर्ण पाठ: मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ

३. पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

४. अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

५. अख्तियार आयुक्त पाठकले ७८ लाख घुस लिएको खुलासा

६. ‘राजीनामाबाटै पाठकलाई उन्मुक्ति दिए संसदीय व्यवस्थाकै मजाक हुनेछ’

७. ७८ लाख घूस लिएका अख्तियार आयुक्त पाठकको राजीनामा स्वीकृत

८. ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

९. महाअभियोगको डरले पाठकको राजीनामा आयो, आयोग बनाएर छानबिन हुन्छः कानुनमन्त्री ढकाल

१०. अख्तियारका पूर्वप्रमुख उपाध्याय भन्छन्: अख्तियारले पाठकलाई थुनेर कार्वाही गर्नुपर्छ

११. सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

१२. पाठकलाई कारबाही गर्न कानुनी आधार खोज्दै अख्तियार, माग्यो महान्यायाधिवक्ताको राय

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 18:59:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...