पाठकलाई कारबाही गर्न कानुनी आधार खोज्दै अख्तियार, माग्यो महान्यायाधिवक्ताको राय



राजनारायण पाठक
राजनारायण पाठक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएपछि राजीनामा दिएका आयुक्त राजनारायण पाठकमाथि थप छानबिन तथा कारबाहीका विषयमा कानुनी परामर्श माग गरेको छ।

आइतबार र सोमबार दुई दिनसम्मको बृहद् छलफलपछि अख्तियार नेतृत्व यस्तो निष्कर्षमा पुगेको हो। आयुक्तको हैसियतमा घूस खानेलाई राजीनामापछि कारबाही गर्न कानुनी जटीलता देखिएको भन्दै संवैधानिक निकाय अख्तियारले महान्यायाधिवक्ताको राय माग गरेको हो।

महान्यायाधिवक्ताको भूमिका सरकार सल्लाहकारको रुपमा रहन्छ।

तत्कालीन आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको पाँच दिनपछि कारवाहीको आधार खोज्न अख्तियारले महान्यायाधीवक्ता कार्यालयलाई पत्र पठाएको हो।

‘अख्तियारले आज पत्र पठाएको छ। राजीनामा दिएका आयुक्तमाथि कुन कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउने भन्ने विषयमा जानकारी माग गरेका छौं,’ स्रोतले भन्यो। अख्तियारले पठाएको पत्र महान्यायाधिवक्ताको कार्यालय पुगिसकेको छ।

भक्तपुरस्थित नेपाल इन्जिनिरिङ कलेजको स्वामित्व विवाद विषयमा लम्बोदर न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएको फागुन १ मा नेपालखबरले खुलासा गरेको थियो। फागुन ३ मा पाठकले राजीनामा दिएका थिए।

आफ्नै संस्थामा केही समय अघिसम्म आयुक्त रहेका पाठकलाई अनुसन्धान गर्नुपर्ने स्थिति पैदा भएपछि अख्तियारले महान्यायाधिवक्ताको राय मागेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय एवं सर्वसाधारणले विद्मान कानुनले भ्रष्टाचारीलाई कारबाही गर्न नरोकेको बताइरहेका छन्। देशको संविधान तथा कानुनले भ्रष्टाचारीलाई उन्मुक्ति दिने परिकल्पना नगरेको उनीहरुको तर्क छ।

संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लागेका पदमुक्त भएकाहरुलाई अख्तियारले अनुसन्धान गर्ने व्यवस्था छ। सो धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार गरे अदालतमा मुद्दा चलाउन सक्ने व्यवस्था गरेको छ। केही कानुनविद्हरूले अहिलेको कानुनी संरचनाले अख्तियारको आयुक्तले घुस खाएर राजीनामा दिए कारबाही हुन नसक्ने बताएपछि अख्तियार कानुनी रूपमा बढी स्पष्ट हुन चाहेको हो।

पाठक प्रकरणबारे थप सामग्री:

१. (एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

२. स्टिङ अपरेसन भिडियोकाे पूर्ण पाठ: मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ

३. पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

४. अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

५. अख्तियार आयुक्त पाठकले ७८ लाख घुस लिएको खुलासा

६. ‘राजीनामाबाटै पाठकलाई उन्मुक्ति दिए संसदीय व्यवस्थाकै मजाक हुनेछ’

७. ७८ लाख घूस लिएका अख्तियार आयुक्त पाठकको राजीनामा स्वीकृत

८. ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

९. महाअभियोगको डरले पाठकको राजीनामा आयो, आयोग बनाएर छानबिन हुन्छः कानुनमन्त्री ढकाल

१०. अख्तियारका पूर्वप्रमुख उपाध्याय भन्छन्: अख्तियारले पाठकलाई थुनेर कार्वाही गर्नुपर्छ

११. सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 16:54:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...