सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?



राजनारायण पाठक
राजनारायण पाठक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले पाठकले संवैधानिक निकाय अख्तियारलाई भ्रष्टाचारीको अखण्डा बनाएको भन्दै कारवाही माग गरेका छन्।

नेकपा सांसद अमृता थापाले संसदमा भनिन, ‘संवैधानिक पदमा पदस्थापन हुने व्यक्तिलाई नैतिकवान हुनुपर्छ भन्ने परिकल्पना संविधानले गरेको छ। तर यहाँ जसलाई जे संवैधानिक अधिकार जिम्मेवारी दिइन्छ उही व्यक्तिले भ्रष्टाचारको अखडाको रुपमा आफ्नो संस्थालाई बदल्छ भने के हामी रमिते बनिरहन सक्छौं?’

अख्तियार दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउने संस्थाको अख्तियारी पाएका व्यक्तिले नै अख्तियार दुरुपयोग गरेपछि सर्वसाधारणले कहाँबाट न्यायको आशा राख्ने भन्दै उनले भनिन्, ‘राजीनामा दिँदैमा त्यस्ता व्यक्तिहरुले छुट दिने हो भने कसरी पूरा हुनसक्ला सम्वृद्ध नेपालको सपना?’

पाठकमाथि कारवाही गर्ने विषयमा राष्ट्रिय सहमति बन्नुपर्ने उनको धारणा थियो। हिजो राजतन्त्रविरुद्ध लडेका राजनीतिक दलहरुका लागि आजको मुख्य चुनौती भ्रष्टाचार भएको थापाले बताइन्। ‘दलहरुका अगाडि प्रमुख प्रतिपक्षको रुपमा भ्रष्टाचार खडा छ। यस्ता (पाठक प्रकरण) अपराधिक क्रियाकलाप रोक्न राष्ट्रिय सहमति बन्न सकोस्’, उनले भनिन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेकपा सांसद गणेशकुमार पहाडीले भ्रष्टाचार नियन्त्रण गर्ने निकायमै बसेर पाठकले घूस लिएको विषय गम्भीर भएको उल्लेख गरे। ‘भ्रष्टाचार नियन्त्रणका लागि बनेको आयोगका जिम्मेवार व्यक्तिबाटै अख्तियार दुरुपयोग गरी भ्रष्टाचार हुनु गम्भीर विषय हो। यस विषयमा के भएको कानुन बमोजिम तत्काल निष्कर्षमा पुग्न ध्यान आकर्षण गराउँछु’, उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले चाँगुनारायाण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख घुस लिएको विषय फागुन १ गते नेपालखबरले सार्वजनिक गरेको थियो। फागुन ३ गते उनले पदबाट राजीनामा दिएका थिए।

राजीनामा दिएका पाठकविरुद्ध छानबिन र कारवाही हुनुपर्ने माग भइरहँदा सोमबार सत्तारुढ दलका सांसदहरुले समेत यो विषयलाई प्राथमिकताका साथ उठाएका हुन्।

पाठकको घुस प्रकरणका थप सामग्री

१. (एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

२. स्टिङ अपरेसन भिडियोकाे पूर्ण पाठ: मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ

३. पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

४. अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

५. अख्तियार आयुक्त पाठकले ७८ लाख घुस लिएको खुलासा

६. ‘राजीनामाबाटै पाठकलाई उन्मुक्ति दिए संसदीय व्यवस्थाकै मजाक हुनेछ’

७. ७८ लाख घूस लिएका अख्तियार आयुक्त पाठकको राजीनामा स्वीकृत

८. ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

९. महाअभियोगको डरले पाठकको राजीनामा आयो, आयोग बनाएर छानबिन हुन्छः कानुनमन्त्री ढकाल

१०. अख्तियारका पूर्वप्रमुख उपाध्याय भन्छन्: अख्तियारले पाठकलाई थुनेर कार्वाही गर्नुपर्छ

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 14:56:43
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...